July 13, 2026

Oplus_131072


कृष्ण अधिकारी तुल्सिपुर, १ जेठ

नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले २ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

६१ औं विद्यार्थी एकता दिवसको अवसरमा संगठनले बिहीबार एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामग्री वितरण गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका – ५ सुन्दरनगरमा रहेको ज्ञानज्योति आधारभूत विद्यालयमा अध्ययनरत करिब २ सय विद्यार्थीलाई कापी वितरण गरेको प्रधानाध्यापक मेघराज घिमिरेले जानकारी दिनुभयो । 

विद्यार्थी संगठनका अध्यक्ष नरेन्द्रको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सङ्गठन विभाग प्रमुख सजगको प्रमुख आतिथ्य तथा विद्यालयका प्रधानाध्यापक मेघराज घिमीरेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

संगठनले कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई ४०० प्रती कापी वितरण गरेको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *