July 13, 2026

गायक तथा संगितकार अर्जुन कौशल २०३६ सालमा पाल्पा जिल्लाको तानसेन नगरपालिका ३ मा जन्मिए, उनको बाल्यकाल मामा घर गुल्मीमा वित्यो ।

शिक्षा दिक्षा पनि मामा घर बाटै सरस्वती मा.विमा गरे । सानै देखि अर्जुन कौशल विद्यालय, गाउँमा हुने कार्यक्रममा पनि गित गाइरहन्थे ।

उनको दुईवटी आमा मध्ये जेठि तिर बाट उनी एक्लो सन्तान हुन ।

स्कुले जिवनमा पढ्दा पढ्दै गायक कौशल ११ बर्षको उमेरमा आफन्तहरु संग भारतको राजधानी नयाँ दिल्लीमा अध्ययन र कामको शिलशिलामा उनी त्यहाँ पुगे ।

उनी भारतमा अध्ययन गर्दै गर्दा ग्यारेजमा काम पनि गर्थे

३ बर्षको भारत बसाई पछि उनी फेरी नेपाल फर्किए । त्यहाँ बाट फर्किएर २०५२÷०५३ तिर रुपन्देहीको बुटवलमा संगित कक्षा पढ्न थाले ।

संगित कक्षा लिदै उनी काठ्माण्डौमा ओहर दोहर गर्न पनि सुरु गरि सकेका थिए ।

गित संगीतमा सनै देखि लगाप र शिक्षा दिक्षा पनि संगितकै लिन थालेपछि गायक अर्जुन कौशलले २०५५ सालमा आउने दशैमा भन्ने बोलको पहिलो गित बजारमा ल्याए ।

त्यति बेला गाउँबाट अंकल आफन्तहरु संग ५० हजार ऋण लिएर पहिलो गीत निकालेका थिए गायक अर्जुन कौशल ।

पहिलो गीतले उनको स्वरको मेहनत र लगापको प्रशंसा हुन थालेपछि गीत संगितकै लागी गायक अर्जुन कौशल २०५७ साल बाट स्थायी रुपमा काठमाण्डौमा डेरा गरेर बस्न थाले ।

काठमाण्डौ बस्दै उनले नियमीत गित संगीतमा लागि रहे त्यो बेला गित संगित बजारमा ल्याएर आम नेपाली माझ पुर्याउन सजिलो थिएन ।

तै पनि गायक कौशलले साईली मेलैमा, डार्लिङ चार सय विस, यो लगनमा भन्ने बोलको गीत बजारमा ल्याए, अनि सर्वाधिक चर्चामा पनि आए ।
त्यस पछि एक पछि अर्को सफलता पछि गायक कौशलले इन्द्र जिसीको लगानीमा चौतारी भाग १ क्यासेट एल्वम निकाले, त्यो झनै दर्शक श्रोताहरुले मन पराईदिए ।

पाल्पामा जन्मिएर तराई पहाड, हिमालमा बस्ने सबै जात जातिका भाषा भाषिको पनि गायक कौशलले गीत बजारमा ल्याए , ती गीतहरु बहु चर्चित बने । गायक कौशलले तामाङ,सेलो, राई, लिम्वु गुरुङ, मगर, थारु, हिन्दी, देउडा गीत बाट पनि सर्वाधिक रुचाईए गायक अर्जुन कौशल ।

उनले गायका आइगयो बसन्त, यानिमाया हो, बठनिया हो, नथियन वाली लगायतका ३ सय बढि गीत हिट छन् । गायक कौशलले गीत संगीतमा स्वर दिने मात्रै होइन, रचना गर्ने, संगितकार पनि बन्न लायकका भए ।

त्यसैले उनले गरेको संगित हिमचुलीमा घाम लाग्यो, दार्जलिङमा गुड्यो रेल अत्याधिक चर्चामा रहे ।

अहिले पनि यी गीतहरु उत्तिकै रोजाइमा पर्ने गर्दछन् केहि दशक मेला महोत्सवमा गायक कौशलको माग नभएको कुनै महोत्सव हुन्थेन ।
२०५९ सालमा गायक कौशलले विहे गरे, अहिले उनको ३ छोरी छन् ।

जेठीको उमेर २० बर्ष, माईलीको १६ बर्ष र कान्छीको १४ बर्ष भयो ।
प्छिल्लो केहि बर्ष गायक अर्जुन कौशल पारिवारिक समस्यमा परे ।

उनको श्रीमतीको किड्नी ड्यामेज भयो । उनले आफै किड्नी प्रत्यारोपन गरे । अहिले दुवै जना स्वस्थ छन् । समस्या परेको बेला सहयोग गर्ने सबैलाई उनले विशेष आभार प्रकट गरेका छन् ।
गयक कौशल पछिल्लो ४ बर्ष देखि अनामनगर काठमाण्डौमा रेन्वो रेकर्डिङ्ग स्टुडियो सन्चालन गरेका छन् ।
निरन्तर लामो समय देखि गीत संगीत मार्फत देशका लागी योगदान पुर्याउने कलाकारहरुलाई राज्यले गाँस बास कपासको व्यवस्था गर्नु पर्ने उनको भनाई छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *