July 13, 2026

दंगीशरण बैशाख २३

पतन्जलि योग समिती दंगीशरण र पतन्जलि योग समिती शान्तीनगरको आयोजना तथा दंगीशरण गाउँपालिकाको ब्यबस्थापनमा एक दिवसीय विशेष सत्सङ्ग शिविर दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएकोछ ।सत्सङ्गको मुख्य  प्रशिक्षकको रुपमा महिला पतन्जलि योग समिती नेपालका अध्यक्ष साधि देवदिती रहेकिथिइन ।समाजलाइ सकारात्मक तवरले अगाडि बढाउन र समुदायलाइ स्वस्थ र सस्कारयुक्त बनाउन एक दिवसयिय विषेश सत्सङ्ग शिवीर आयोजना गरीएको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।

एकदिवसीय कार्यक्रमको अवसरमा प्रशिक्षण दिदै साद्वभि देवदितिले सत्ता परीबर्तन भन्दपनि चरीत्र परीवर्तन आजको प्रमुख आवस्यकता रहेको बताइन ।सष्कार र स्वस्थ जिबनसैलिले मात्र कुनैपनि देश समृद्धिहुने बताइन ।पछिल्लो समय मानिसको खानपान र जिबनसैलिका कारण नसर्ने रोगहरुले जरा गाडिरहेको अवस्थामा यसको रोकथाम र न्यूनीकरणको एकमात्र औषधि योग,ध्यान र प्रणायाम रहेको बताइन ।

प्रशिक्षण कार्यक्रमको अबसरमै कार्यक्रमका अध्यक्ष दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु आफ्नो स्थानियतहका नागरीकलाइ स्वस्थ बनाउने अभियानमा लागिरहेको बतएकाछन ।अध्यक्ष गिरीले आफु निर्वाचित भएर आयपछी एक वडा एक योग हल अनुरुप अहिले सम्म ८ वटा योगहल निर्माण गरीसकेको बताएकाछन ।आफ्नो सोच आफ्नो स्थानियतहका नागरीकलाइ चारीत्रीक,स्वस्थ र सषकारयुक्त समुदाय निर्माणका लागि योग, ध्यान,र प्रणायामलाइ प्राथमिकताकासाथ अगाडि बढाएको बताए ।

प्रशिक्षण शिवीरको अवसरमा दंगीशरण महिला पतन्जलि योग समिती र शान्तिनगर महिला पतन्जलि योग समिती समेत गठन गरीएकोछ ।जस अन्रुरुप दंगीशरण महिला पतन्जलि समितीको अध्यक्षमा लक्ष्मि हमाल र शान्तीनगर पतन्जलि योग समितीको अध्यक्ष अमृता जैशि सहित दुवै गाउँपलिकामा ९ सदस्यीय कार्यसमिति चयन गरीएकोहो ।

एकदिवसीय प्रशिक्षण कार्यक्रमको सहजीकरण पतन्जलि योग समिती शान्तिनगरका प्रभारी निम बहादुर खड्काले गरेकाथिय ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *