केबी वली बैशाख ३
शान्तिनगर गाउँपालिका दाङका अध्यक्ष प्रमोद बस्नेत र Royal Borough of Greenwich बेलायतका मेयर जित राणाभाट बिच भेटघाट भएको छ।
बेलायत भ्रमणमा रहेका शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र Royal Borough of Greenwich बेलायतका मेयर जित राणाभाट बिच मंगलबार बिशेष भेटघाट भएको हो ।

यतिबेला बेलायत भ्रमणमा रहेका बस्नेतले शान्तिनगर ३ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल सुन्दरा देवी मन्दिर लगायत अन्य शान्तिनगरका विकास र पर्यटन स्थलको विषयमा चर्चा गर्दै सुन्दरा मन्दिरसँग सम्बन्धित मायाको चिनो मेयर राणाभाटलाई प्रदान गर्नुभएको थियो।
यस्तै Royal Borough of Greenwich नगरपालिकाको तर्फबाट पनि मेयर राणाभाटले अध्यक्ष बस्नेतलाई विशेष पिन लगाएर स्वागत गर्दै दुवै नगरपालिका र गाउँपालिकाबीच आगामी समयमा सहकार्य गर्न सकिने सम्भावनाहरू रहेको बताउनु भएको हो ।
अहिले भएको यी दुई प्रमुख बिचरको भेटघाटले दुबै पक्षबीच आपसी सम्बन्ध सुदृढ गर्दै बिकाश र सिस्टममा बथप योगदान पुग्ने अपेक्षा गरिएको छ। यस्तै अध्यक्ष बस्नेतले मेयर राणाभाटलाई शान्तिनगर गाउँपालिकाको भ्रमण गर्न औपचारिक निमन्त्रणासमेत दिनुभएको छ।



बिज्ञापन तथा समाचार का लागि सम्पर्क ☎️:९७०६४८६९८३






