July 15, 2026

बैशाख ३ :दाङ तुलसीपुरस्थित पिपलबोट – आलुमण्डी – रानीजरुवा सडक निर्माणको माग गर्दै स्थानीयहरू आन्दोलित भएका छन् । सडक स्तरोन्नति लागि पटकपटक आश्वासन मात्र दिएको बताउँदै अलपत्र सडक तत्काल निर्माण कार्य अगाडि बढाउन भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।

‘बाटो बनाउँ संघर्ष समिति’का युवाहरूले बारम्बार आश्वासन मात्रै दिइएको तर काम नहुँदा बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका छन् । समितिका सदस्य दिपक काफ्लेका अनुसार आज (बुधबार) दिउँसो १२ बजेदेखि १ बजेसम्म तुलसीपुरको पिपलबोटमा एक घण्टा सवारी आवागमन बन्द गरिनेछ ।

उक्त सडक विगत तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । केही समयअघि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले “होलीको अर्को दिनदेखि नै कालोपत्रे सुरु हुन्छ” भन्ने आश्वासन दिएको तर, वैशाख महिना भइसक्दासमेत कुनै काम अघि नबढेपछि स्थानीयहरू आन्दोलित भएको काफ्लेले बताउनुभयो ।

स्थानीयहरूले सडकको दयनीय अवस्थाबारे पटक–पटक सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराए पनि अहिलेसम्म आश्वासन बाहेक कुनै ठोस कार्य नभएको गुनासो छ । पिपल बोट–आलुमण्डी हुँदै रानीजरुवा सडक तुलसीपुर उपमहानगरपालिका क्षेत्रको मुख्य व्यापारिक मार्गमध्ये एक हो ।

तत्काल माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनको घोषणा गरिने संघर्ष समितिका अध्यक्ष जिबि जि एमले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *