July 16, 2026

दाङ, फागुन २९ । दाङको घोराही-१४ मा रहेको शुभप्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथी भएको आक्रमणको नेपाल शिक्षक महासंघ, जिल्ला कार्यसमिति दाङ सहित दाङमा क्रीयासिल शिक्षकका संघ संगठनद्वारा विरोध गरेका छन ।

आज एक संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा भएको सांघातिक आक्रमणको कडा विरोध गरिएको छ।

बिज्ञप्तिमा घोराही उपमहानगरपालिका वडा नं १४ अन्तर्गत विद्यालय व्यवस्थापन समिति गठनका लागि बोलाइएको अभिभावक भेलामा गणपूरक संख्या नपुगी निर्णय प्रक्रिया अघि बढाउन खोजिएको थियो। सोही क्रममा स्थानीय अभिभावक समूहले आपत्ति जनाउँदै विरोध गरेका थिए। यसै क्रममा वडाध्यक्ष भानसिङ बुढाको नेतृत्वमा केही समूहले बलपूर्वक निर्णय गर्न दवाब दिँदै विद्यालयका प्रधानाध्यापक रुद्र बुढालाई कुटपिट गरेका छन्।

नेपाल शिक्षक महासंघले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको अवस्थामा भएको यस्तो हिंसात्मक घटना दुःखद रहेको जनाएको छ। महासंघले शिक्षालयहरूलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन तथा शिक्षक तथा विद्यालय कर्मचारीलाई निर्भय वातावरणमा काम गर्न दिन सबै पक्षलाई आग्रह गरेको छ।

महासंघले दोषीलाई कानूनी कारबाहीको माग गर्दै शान्ति सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ। साथै, शिक्षक तथा कर्मचारीहरूले सहज वातावरणमा काम गर्न पाउने सुनिश्चितता गर्न सम्बन्धित निकायलाई अपिल गरेको छ।

बिज्यप्तिमा नेपाल शिक्षक महासंघ, दाङका अध्यक्ष युवराज बस्नेत, नेपाल शिक्षक संघ, दाङका अध्यक्ष प्रकाश डागी , एकीकृत अखिल नेपाल शिक्षक संगठन, दाङ अध्यक्ष झक्कुप्रसाद केसि, अखिल नेपाल शिक्षक संगठन, दाङका अध्यक्ष धनिराम घर्ती मगर, अखिल नेपाल शिक्षक संघका रुमालप्रसाद बसेल,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, दाङका अध्यक्ष शुशिला पौडेल,नेपाल शिक्षक फोरम, दाङ जयराम यादव, विद्यालय कर्मचारी परिषद्, दाङका अध्यक्ष तप्तप्रसाद शर्माले हस्ताक्षर गर्नु भएको छ संयुक्त बिज्ञानप्प्तिमा शिक्षक महासंघले भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न समेत सम्बन्धित निकायलाई आग्रह गरेको गरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *