July 16, 2026

तुलसीपुर, २७ फागुन ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा(अपार)ले बबई लिफ्टिङ तुलसीपुरकोलागि ठूलो परियोजना भएको बताएका छन् । मंगलबार तुलसीपु्रमा भएको नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुर नगर कमिटिको बैठकलाई सम्बोधन गर्दै उनले यो परियोजना आफ्नो पहलमा आएको समेत बताए । “सिताराम शर्मा खानेपानीको कोषाध्यक्ष हुनुहुन्थ्यो, त्यतिबेला हाम्र्रै पार्टीको नेतृ विना मगर खानेपानी मन्त्री हुुनुहुन्थ्यो”,उनले भने“त्यही बेला सीताराम र हामी गएर त्यो परियोजना ल्याएका हौं, अब यो परियोजना पूरा गर्न पनि सितारामकै नेतृत्व आबश्यक छ ।” पानीका मुहान सुकिरहेको अबस्थामा यो परियोजनाको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । यस्तै उनले अहिले हरेक उपभोक्तालाई जतिबेला आबश्यक पर्छ,त्यतिबेला जनताकै घरमा पुग्ने नेतृत्व खोजिरहेको समेत बताए । हरेक समस्या पर्दा राति होस्, जस्तो सुकै अबस्थामा पनि उपभोक्ताकै घरमा पुग्ने नेतृत्व चाहिने भएकाले यसमा सोँच्नुपर्ने बेला आएको समेत उनको भनाई थियो ।
साथै अहिले ऐलानीमा घर भएकाहरुले समेत धारा पाउन थालेको भन्दै यो पनि खेमराज वली अध्यक्ष र सिताराम शर्मा कोषाध्यक्ष भएको बेला सुरुवात भएको समेत बताए । यो कुरा लागु गर्नुमा दुबै जनाको महत्वपूर्ण भूमिका रहेकाले यो कुरालाई पनि उपभोक्ताले ध्यान दिनुपर्ने बताए ।

संगठनका नगर अध्यक्ष घनश्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय सचिबालय सदस्य यज्ञ बहादुर केसी, माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य प्रेमराज वली प्रभात, डिल्ली अधिकारी, राष्ट्रिय साना सहरी उपभोक्ता तथा सरसफाई महासंघका अध्यक्ष खेमराज वली, संगठनका पूर्वध्यक्ष डिल्ली बहादुर वली, बेदप्रसाद वली, तुलसीपुर होटल ब्यबसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, अखिल नेपाल यातायात मजदुर संगठनका लुम्बिनी प्रदेश अध्यक्ष उदयबहादुर विक, नेसपा(नयाँ शक्ति)का नेता जीवन भण्डारीलगायतले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सिताराम शर्मा नेतृत्वको साझा प्यानललाई विजयीको शुभकामना ब्यक्त गरेका थिए ।

त्यस अवसरमा संगठनका नगर अध्यक्ष घनश्याम डाँगीले तुलसीपुर खानेपानी र स्ववियु निर्वाचनमा पार्टी सम्बद्ध गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनकालागि सक्रिय भएर लाग्ने निर्णय भएको बताए । यसमा अखिल नेपाल यातायात मजदुर संगठन र ब्यापार महासंघले सहकार्य गर्ने बताए । कार्यक्रमको सहजीकरण कोषाध्यक्ष तुलसीराम परियारले गरेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *