July 18, 2026


घोराही २१ माघ
घोराही, ३ फागुन – गुरुकुल एकेडेमी, घोराहीमा आज बसन्त पञ्चमिको विशेष अवसर पारेर नायक प्रदिप खड्काको उपस्थितिमा अक्षरारम्भ कार्यक्रम सम्पन्न गरीएको छ। यस कार्यक्रमको आयोजना नयाँ विद्यार्थीहरुलाई शिक्षा , संस्कार र संस्कृतिको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले गरिएको थियो। कार्यक्रममा गुरुकुल एकेडेमीकी छात्रा सर्वश्री केसिले स्वागत मन्तव्य राख्दै विद्यार्थिहरुलाई शिक्षा र संस्कारको महत्त्व बारे सन्देश दिदै नायक प्रदिप खड्का र नायिका दिव्या रायमाझिको परीचय दिनुभएको थियो। प्रमुख अतिथि, नायक प्रदिप खड्काले आफ्नो सम्बोधनमा भन्नुभयो, शिक्षा नै समाजको मुल मर्म हो, जसले व्यक्तिको जीवनलाई सही दिशा दिन्छ। हामी सबैलाई यही आधारमा प्रगति गर्नुपर्छ।

कार्यक्रमको विशेष आकर्षण रुपमा रहेका नायक प्रदिप खड्काको विशेष उपस्थितिमा विद्यार्थिहरुलाई अक्षरारम्भ गराइरहँदा उनीहरूको उत्साह र जोश थियो। लायक खड्काले विद्यार्थिहरुलाई कडा परिश्रम र ईमानदारीका साथ अध्ययन गर्न प्रेरित गर्दै, शिक्षा र संस्कारका आधारमा आफ्नो भविष्य निर्माण गर्नको लागि बलियो सङ्कल्प गर्नु पर्ने महत्त्वपूर्ण कुरा बताउनुभएको थियो । कार्यक्रममा गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरे , सेयर सदस्य रुपक थापा , शिक्षक र शिक्षकिका साथै अभिभावक तथा विद्यार्थीहरुको ठूलो सहभागिता थियो। सबै उपस्थित व्यक्तिहरुले कार्यक्रमको अवधिमा एकता र प्रेरणादायक सन्देश प्राप्त गरेका थिए। कार्यक्रमको अन्तिममा नायक प्रदिप खड्काले विद्यार्थिहरुलाई शुभकामना दिँदै विद्यार्थिहरुको हरेक प्रयासले सफलता ल्याउनेछ। सस्तो मार्गमा नपर्न र निरन्तर प्रयास गर्दै शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित सबैलाई प्रसाद वितरण गरी कार्यक्रमको समापन गरिएको थियो। यस कार्यक्रमले गुरुकुल एकेडेमीमा अध्ययनरत नयाँ विद्यार्थीहरुको लागि एक उज्ज्वल भविष्यको ढोका खोल्ने विश्वास गरिएको छ। यस अक्षरारम्भ कार्यक्रमले विद्यार्थीहरुमा शिक्षा र संस्कारका महत्वबारे थप जागरूकता ल्याउने र उनीहरुलाई शिक्षा क्षेत्रमा अझ बढी प्रेरित गर्ने विश्वास गरिएको छ। गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण आइएसए संयोजक तथा शिक्षक इन्द्र प्रसाद पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा नायक प्रदिप संगै नव नायिका दिव्या रायमाझि पन उपस्थित हुनुभएको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *