तुलसीपुर,२९ पुष ।
प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को आइतबारदेखि बागरमा सुरु भएको छ । महोत्सव मुल समितीका संयोजक अजय बुढाथोकीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरिएको हो । दंगीशरण गाउँपालिकाका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारका लागि महोत्सव अयोजना गरीएको आयोजक फ्रेन्ड्स स्केट जोन प्रालिले जानकारी गराएको छ ।
महोत्सव उद्घाटनको दिन झाँकी सहितको ¥याली निकालिएको थियो भने विभिन्न स्थानिय स्तरका कलाकारहरुको प्रस्तुती पनि रहेको थियो ।
१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु रहेका छन् । मेलामा प्रबेश सुल्क एक सय रुपैयाँ लाग्ने आयोजकले बताएको छ ।
