July 15, 2026


दाङ, ५ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा लुम्बिनी प्रदेशको समग्र विकासको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । मुख्यमन्त्री चेतनाराण आचार्यले प्रधानमन्त्री समक्ष प्रदेशको समग्र विकास संग जोडिएका महत्वपूर्ण आयोजनामा लगानी सुनिश्चित सहितको बिषय उठान गरिदिन अनुरोध गर्नु भएको छ । भ्रमणको क्रममा राजधानी शहर निर्माणको लागि चाहिने स्रोत सुनिश्चित देखि चीनको छेन्दुबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको बिषयलाई प्राथमिकतामा राख्न बिशेष जोड दिएको मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा.रामबहादुर राउतले जानकारी दिनुभएको छ ।

प्रदेशको राजधानी क्षेत्र ग्रामिण अवस्थामा रहेको छ । प्रदेश सरकारले आफ्नो प्रदेश राजधानीलाई पर्यटकीय तथा सांस्कृतिक शहरको रुपमा निर्माण गर्नेगरी त्यसको डिजाईन गरिसकेको छ । त्यसको कार्यान्वयनको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरण समेत गठन गरेको छ । सरकारबाट राजधानी शहर निर्माणको लागि लगानीकर्ताको खोजी गरिरहेको जानकारी दिदै चीन भ्रणको अवसरमार राजधानी शहर निर्माणको लागि लगानीका बिषयमा बिषय उठान गरिदिन अनुरोध गरिएको हो ।‘शहर निर्माणका लागि प्रदेश सरकारको बजेटले मात्रै पुग्दैन् । नीजि क्षेत्र तथा दातृ निकायको सहयोग चाहिन्छ । त्यसका लागि लगानी खोज्ने काम अघि बढेको छ । प्रधानमन्त्री ज्यूको चीन भ्रमणको एजेण्डामा प्रदेश राजधानी शहर निर्माणको एजेण्डा समावेश होस भन्ने चाहेका छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘राजधानी शहर निर्माणको लागि एक खर्ब बजेट लाग्ने अनुमान छ । यसका लागि २० बर्षको अवधि तोकेर गुरुयोजना बनिसकेको छ । अव लगानी खोजेर काम गर्ने चरणमा छौं ।’
यस्तै भ्रमणको क्रममा चीनको सिचुआन प्रान्तको छेन्दुबाट सिधै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानको लागि पैरवी गर्ने एजेण्डा पनि प्रस्तावको रुपमा समेटन अनुरोध गरिएको छ । ‘लुम्बिनीमा तिर्थाटनका लागि दैनिक सैयौं संख्यामा चीनिया तथा हजारौं संख्यामा अन्य देशका तिर्थयात्री आउने गर्नु भएको छ । तिर्थयात्रीको सुविधाको लागि चीनको सिचुआन प्रान्तको छेन्दुबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दैनिक सिधा हवाई उडानको पैरवही गरवीका लागि आग्रह गरेका छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘सिधा हवाई उडान भएको खण्डमा लुम्बिनीमा वेग्लै रौनक छाउने आशा हामिले गरेका छौं ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *