असोज २७
दाङको दङ्गिशरण- ३ को रावतगाउमा जुवा खेलिरहेका ११ जनालाई १ लाख ६ हजार ६ सय पचास रुपैयाँ र ४ गड्डी ताससहित पक्राउ गरिएको इप्रका तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिएका छन्।
पक्राउ पर्नेहरुमा दाङकाे दंगिशरण गा.पा. वडा नं.३ बस्ने बर्ष ३५ को गणेश योगी सोही ठाउँ बस्ने बर्ष ३३ को मेघराज रजौरे , ४० वर्षका लम्बुधर चौधरी , ५५ वर्षका भागीराम चौधरी , ३० वर्षका श्यामेश्वर वली , ३९ वर्षका निराजन धिताल , ५० वर्षका महाबिर चौधरी , ४२ वर्षका शिबहरी धिताल , ३५ वर्षका ओम प्रकाश पुरी , ३२ वर्षका गोकुल धिताल र ४१ वर्षका आनन्द रजौरे रहेकाे इप्रका तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिएका छन्।
