July 14, 2026


तुलसीपुर १९ असाेज
नेकपा (बहुमत) दाङ जिल्लाले शनिवार बित्तीय आतंक बिरूद्व लाल आतंकको घोषना गर्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । दाङ जिल्लाकाे तुलसीपुर स्थित पार्क क्याफेमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । पार्टीका लुम्बिनी प्रदेशका व्युराे सदस्य सजककाे अध्यक्षता एंव पार्टीका दाङका सेक्रेटरी अमरकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनताहरुलाई चाडपर्वको समयमा कालोबजारी , महंगीले सताई रहेको बताउदै बजारमा गुणस्तरहीन तथा अखाद्य बस्तुहरु बिक्रीवितरणमा नियन्त्रण गरिनु पर्ने , बित्तीय आतंक , मिटरब्याजी नियन्त्रण गरिनु पर्ने, बैंकहरुले जनताको उठिबास हुने गरि घरजग्गा लिला गर्न नपाईने , राज्यले सहकारी पीडितहरुलाई न्याय दिनु पर्ने लगाएतका बिषयहरुलाई लिएर पत्रकार सम्मेलन गरिएको थियो । साथै पार्टीका आगामी कार्यक्रम समेत सार्वजनिक गरिएको थियो ।देशभर `भष्टाचार बिरूद्व जनएकता´ संचालन गरिरहेको उक्त पार्टीले तराईका जिल्लाहरुमा हुने सिमानाका चोरीतस्करी, भन्सार चुवाटमा रोक लगाएतका बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो। सोही बिषयमा शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । यसैबिच नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का लुम्बिनी प्रदेश व्युराे सदस्य सजकले राज्यले पार्टीका मागहरुलाई व्यवास्ता गरेमा “वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा ” गरिने कुरामा जाेड दिनुभएको हाे । उहाँले पछिल्लो समयमा आएर लघुबित्त बित्तिय संस्थाहरु, मिटर व्याजे तथा बिभिन्न बैंकहरुले गरिव जन्ताहरुलाई ऋण दिने नाउमा थुर्पै पिडाहरु दिएकाे बताउदै यसता खालका गतिविधिहरु नेपाल सरकारले तत्काल राेक नलगाएमा देशभर लाल याेद्वाहरु उत्पादन गरि “वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा “लाई तिब्रताका साथ अगाडि बढाईने कुरामा जाेड दिनुभएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का लुम्बिनी प्रदेश व्युराे सदस्य सजकले पार्टीले वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा “भन्ने मुल नाराका साथ शनिबार प्युठानकाे जुम्रीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै” देशभर वित्तीय आतंकका विरुद्ध लाल आतंकको घोषणा “का लागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एकजुट भएर लागनुपर्ने कुरामा जाेड दिनुभएको हाे । कार्यक्रमकाे अध्यक्षता पार्टीका जिल्ला सदस्य दाेर्ण के.सीकाे रहेकाे थियाे ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *