July 14, 2026

लक्ष्मण बस्नेत

पश्चिम दाङमा दशै बिशेष प्रथम कालितारा कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । कालितारा युवा क्लब बबई – ७, को आयोजनामा तथा कालितारा माईला दाईको प्रायोजनमा कालितारा खेल मैदानमा संचालन हुने प्रतियोगिता आउदो असोज १८ गते देखि सुरु हुनेछ ।

फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ बडा दशैका अवसरमा आयोजना गरिएको प्रतियाेगितामा जिल्लाका १२ बढी टिमको सहभागिता रहने प्रतियोगिताका प्रायोजक कालितारा माईला दाईले जानकारि जानकारी दिनुभएकोछ।

असोज २४ गते सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार एक सय एकाउन्न रुपैयाँ कप,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता टिम लाई नगद एकाउन्न हजार पाँच सय पच्पन्न रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ ।

जसअनुसार बेष्ट प्लेयर, हाई स्कोरर र बेष्ट किप्पर लाई जनही नगद एक / एक हजार,ट्रफी प्रमाणपत्र, त्यस्तै प्रत्येक म्याचको म्यान अफ म्याच लाई मेडल प्रदान गरिने आयोजकका समीर डागिले जानकारी दिनु भएकोछ ।

असोज १७ गते सम्म टिम दर्ताका लागि अन्तिम समय सिमा तोकिएको प्रतियोगितामा सहभागि हुने टिमका लागि टिम दर्ता शुल्क आठ हजार रुपैयाँ राखिएकोछ ।

यसैबिच प्रतियोगिताको तयारी लाई तिव्र पारिएको आयोजकले बताएकोछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *