पुर्ण बोहरा
दाङ , भदौ १०, दाङकाे मिडवेस्ट प्वाइन्ट एकेडेमी शान्तिनगर ७ खैरेनीका NCC विद्यार्थीहरूले वडा नं. ५ बैशामा रहेकाे राधाकृष्ण मन्दिर र सभाहल परिसर सरसफाई गरेका छन् । विद्यालय पढाइ संगसगै सामाजिक कार्यपनी गर्दै आयको छ | प्रत्येक बर्ष जसो यश बर्ष पनि कृष्ण जन्माष्टमीको दिन पुजा आजा सगै मेला लाग्ने उक्त राधाकृष्ण मन्दिर र सभाहल परिसरमा सरसफाइ गरेको विद्यालय का अध्यक्ष सुबोद कुमार डाङ्गि ले जानकारी दिनु भएको छ |
किताबी ज्ञान मात्रै नभएर बिध्यार्थी हरुलाइ अन्य बाहिरि क्रियाकलाप मा पनि सहभागी हुनुपर्छ भने सोचले आफ्नो बिधालयले विभिन्न समयमा सामाजिक कार्य गर्दै आयको मिड वेस्ट प्वाइट एकाडेमिका प्रधानाध्यापक वीर बहादुर घर्तिले बताउनु भयो ।
