July 13, 2026

२०८१ भाद्र ५,

राष्ट्रिय आविष्कार केन्द्रकाे टाेलीलाई दाङमा स्वागत, सम्मान तथा दुनाटपरी, चाेया र झाडु उद्यमकाे उद्घाटन र कृषि वनमा आधारित उत्पादन विविधिकरण र बजारीकरणका अबसर बारे अन्तरक्रिया कार्यक्रम मंगलबार  दङगिशरण गाउँपालिका वडा न. २ मा सम्पन्न भएको छ ।

वन तथा कृषि सहज कार्यक्रम (FFF), संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO Nepal), वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (FECOFUN) र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) नेपालकाे सहयोगमा संचालित जलवायु अनुकुलित भू-परिधि र सुधारिएको जीविकोपार्जन कार्यक्रम अन्तर्गत कृषि तथा वनमा आधारित बजारमुखी समावेशी व्यवसाय विकास गर्नकाे निमित्त कृषि तथा वन उत्पादक संस्थाहरुका लागि प्रत्यक्ष लाभग्राही अनुदान कार्यक्रम अन्तर्गत “मूल्य अभिवृद्धि कृषि वन उत्पादन मार्फत आय विविधिकरण” कार्यक्रम अन्तर्गत हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दङ्गिशरणकाे  आयाेजनामा कार्यक्रम सम्पन्न भएको हाे ।

स्थानिय प्राकृतिक वस्तुलाई प्रयाेगमा ल्याउदा बाताबरण लाई प्रदुषण हुन बाट बचाउने भएकोले बिदेशबाट आएका बस्तु प्रतिस्थापन गर्न आवश्यक रहेकाे बताउनुभयो । अध्यक्ष पाण्डेले उत्पादित भएका बस्तु बजारमा पहिचान बनाउन सालका पातबाट बनेका वस्तुकाे बजारिकरण र प्रयाेगमा ल्याउन उपयुक्त हुने बताउनुभयाे ।


कार्यक्रममा बाेल्दै प्रमुख अतिथि दङ्गिशरण गाउँपालिकाका उपाध्यक्ष पिमा खड्काले दुना टपरीकाे महत्त्वलाई बुझाउदै यसलाई प्रयाेगमा ल्याउनुपर्ने बताउनुभयो । यसका लागि पलाष्टिकजन्य वस्तुलाई प्रतिवन्ध लगाइ बिग्रिएका मेसिनलाइ संचालनमा ल्याउनका लागि प्रयास गर्ने बताउनुभयो । आर्थिकमा पहुँच बढाउन, बेराेजगारलाइ निर्मुल पार्दै सिन्का बनाउने, झाडु बनाउने कामलाई पनि राेजगार संग जाेड्नुपर्ने बताउनुभयो ।यस्तै कार्यक्रममा बिशिस्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाकाे निवर्तमान नगर प्रमुख तथा ग्रिन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले स्थानिय स्तरमा रहेका प्राकृतिक स्रोतलाई, कच्चा पदार्थलाई दिगाे रुपमा ब्यवस्थापन गर्न स्थानिय स्तरमा ब्यवस्थापन गर्न गार्‍हो भएपनि यसलाई स्थानिय स्तरलाइ आर्थिक रुपमा बलियाे बनाउन लाग्नुपर्ने बताउनुभयाे ।स्थानिय प्राकृतिक वस्तुलाई प्रयाेगमा ल्याउदा बाताबरण लाई प्रदुषण हुन बाट बचाउने भएकोले बिदेशबाट आएका बस्तु प्रतिस्थापन गर्न आवश्यक रहेकाे बताउनुभयो । अध्यक्ष पाण्डेले उत्पादित भएका बस्तु बजारमा पहिचान बनाउन सालका पातबाट बनेका वस्तुकाे बजारिकरण र प्रयाेगमा ल्याउन उपयुक्त हुने बताउनुभयाे ।
कार्यक्रममा दंगीशरण गाउँपालिका निवर्तमान अध्यक्ष भागिराम चाैधरी,  दुनाटपरी, चाेया र झाडु उत्पादनकाे लागि उपकरण निर्माण गर्ने राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल ईन्जिनियर राजु थापा, प्राविधिक सन्त बहादुर वि.क, दंगीशरण गाउँपालिका वडा नं.२ काे वडा सदस्य लुमा चाैधरी, ग्रिन फाउन्डेसन दाङका सचिव जित बहादुर खड्का लगाएतले आर्थिक रुपमा समृद्ध हुन हरेक कामलाई ब्यवसाय संग जाेड्नुपर्ने बताएका थिय ।कार्यक्रममा हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शेयर सदस्य, सामुदायिक वन उपभोक्ता र उधमीहरुकाे सहभागीता रहेकाे थियाे ।

हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे अध्यक्ष अध्यक्ष बिष्णु गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजीकरण कार्यक्रम संयाेजक चक्र मिलन विकले गर्नुभएकाे थियाे ।

राष्ट्रिय आविष्कार केन्द्रले दुनाटपरी, चाेया र झाडुकाे उपकरण रु ६ लाख ७० हजारमा निर्माण गरेकाे छ । स्थानीय स्राेत साधनलाई सदुपयोग गरि स्थानीय समुदायकाे आर्थिक वृद्धि तथा जीविकोपार्जनका लागि वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उपकरणकाे प्रयाेगबाट उत्पादन गर्नेमा जाेड गरेकाे छ । मेसिन संचालनमा आएपछि वस्तु उत्पादनमा सहजता हुने देखिएकाे छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *