July 13, 2026

लक्ष्मीनारायण मन्दिरमा धर्मशाला तथा मन्दिर मर्मतकालागरी जारी झुला महोत्सवमा दानविरहरु बढ्दैँ
नारायणी रजौरे
दाङ, ३१ साउन
लक्ष्मीनारायण मन्दिर तुलसीपुर उपमहानगरपालिका —६ रजौराको मन्दिर मर्मत तथा सम्भार ,धर्मशाला तथा गौशाला निर्माणमा सहयोग पुग्ने उदेश्यले सञ्चालित झुला महोत्सव तथा श्रृङ्गारीक महाआरतीमा दानगर्ने दानबीरहरु बढी रहेका छन्। झुला महोत्सवमा लुम्बिनी प्रदेशमा सासद रेखा शर्माले रु १० लाख रुपैया मन्दिरकालागि सहयोग गर्न बताउनु भएको छ। उहाँले आफनो सासद विकास कोषबाट सो रकम सहयोग गर्ने बताउनु भएको छ।
त्यस्तै मङ्गलबार हिजो तुलसीपुर उधोग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले आफनो परिवारको तर्फबाट रु एक लाख ११हजार रुपैया प्रदान गर्नु भएको छ। त्यस्तै राष्ट्रिय समाचार समितिका दाङ समाचार दाता नारायणी रजौरेले आफना स्वर्गीय पिता उमाकान्त रजौरे, माता गीतादेवी रजौरे,स्वर्गीय श्रीमान् हरिप्रसाद अधिकारी , भाइ स्वर्गीय चन्द्रमणि रजौरेको स्मृतिमा रु एकलाख पाँच हजार रुपैया दान गर्नु भएको छ। त्यस्तै तुलसीपुरका उद्योगपति उत्तम कुमार श्रेष्ठले स्वर्गीय पिता माताको स्मृतीमा रु एक लाख ११ हजार रुपैया दान गर्नु भएको छ। त्यस्तै तुलसीपुरका व्यापारी गोकर्ण गिरीले एक लाखबढी रकम दान गर्नु भएको छ। त्यस्तै तुलसीपुर उपमहानरपालिका—६का वडाध्यक्ष दुजमान भण्डारीले मन्दिरकोलागि एक थान कुलर उपलब्ध गराउनु भएको छ। भmुला महोत्सव तथा महाआरतीको पाँचौ दिन भक्तजनहरुको संख्या बढी रहेको छ। सो महोत्सवमा धेरै भक्तजनहरुले नगद तथा जिन्सी सहयोग गर्नु भएको र सबै विवरण महोत्सव सम्पन्न भएको तीन दिनपछि सार्वजनिक गरिने मन्दिर व्यवस्थापन समितिका संयोजक तथा मठाधिश स्वामी केशवा आचार्य (सुर्यपाकी)ले जानकारी दिनुभयो।
भmुला महोत्सव तथा श्रृङ्गारीक महाआरती आगामी भदौ २गतेसम्म सञ्चालन हुने छ। यस क्षेत्रमा पहिलो पटक आयोजना गरिएको सो कार्यक्रमको दर्शन गर्न भक्तजनहरुको उल्लेख सहभागीता रहेको छ।
राष्ट्रिय समाचार समिति(रासस)

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *