July 13, 2026

दाङ, २० साउन । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको ट्याक्सी दुर्घटनामा परेको छ । तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको ट्याक्सी शान्तिनगर गाउँपालिका-१ हाडीचारमा दुर्घटना भएको हो । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने ७ जना घाइते भएका हुन । दुर्घटनामा सल्यानको त्रिबेणी गाउँपालिका वडा नम्बर ३ टोटके निवासी ५६ बर्षका यामबहादुर केसीको मृत्यु भएको छ । जिप आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । दुर्घटना पश्चात चालक फरार छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *