July 13, 2026

तुलसीपुर, १९ साउन । दाङमा शुक्रबार अटोरिक्सा बगाउँदा बेपत्ता भएकी तुलसीपुर ४ निवासी ५५ बर्षीया सीता आले मृत भेटिएकी छन् । उनको शव शनिबार विहान ८ बजेतिर ग्वारखोलामा भेटिएको हो ।

शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ह ६४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर ४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर ४ खाद्रे निवासी ५५ बर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ बर्षीया मन्जु खड्का खोलामा बेपत्ता भएका थिए । खड्कालाई भने अझै भेटाउन सकिएको छैन । उनीहरुको खोजी कार्य भइरहेको छ । अटोमा ५ जना सवार थिए । चालक तुलसीपुर ४ खाद्रे निवासी ४५ बर्षीय हरीकिशन बिक, ३३ बर्षीया सुनिता थापा र ७ बर्षीया सुशान्त आले भने पानीबाट उत्रिन सफल भएका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *