July 13, 2026

तुलसीपुर, १८ साउन । दाङको घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले अटो बगाएको छ । तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको अटो बगाउँदा अटोका चालक समेत बेपता भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबा साँझ पौने १० बजेतिर रा १ श २३५७ नम्बरको अटोलाई बगाएको हो ।

अटो बगाउँदा चालक तुलसीपुर ७ प्रसेनी निवासी २२ बर्षीय दुर्गा पुन वेपता भएका छन् ।

उनको खोजी कार्य भइहरेको छ । कालाखोलामा भन्टेड कच्वे भन्दा माथिबाट खोला बगेको छ । चालक पुनले मापसे गरेको प्रहरीले बताएको छ ।  अहिले सोही खोलामा आएको बाढीले आवत जावत ठप्प छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *