July 12, 2026

दाङ, १८ साउन । दाङमा खोलाले बगाउँदा बेपता भएका दुईजनाको पहिचान खुलेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर ४ बेचननी खोलाले बगाउँदा तुलसीपुर ४ खाद्रे निवासी ५५ बर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ बर्षीया मन्जु खड्का खोलामा बेपत्ता भएका हुन् । अटोमा ५ जना सवार थिए । खोलाले अटो पनि बगाएको छ । चालक तुलसीपुर ४ खाद्रे निवासी ४५ बर्षीय हरीकिशन बिक, ३३ बर्षीया सुनिता थापा र ७ बर्षीया सुशान्त आले भने पानीबाट उत्रिन सफल भएका थिए ।

तुलसीपुरबाट खाद्रे तर्फ जाँदै गरेको अटोलाई खोलाले बगाएको हो । साँझ बजेतिर रा १ ह ४०५५ नम्बरको अटो खोलाले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *