July 12, 2026

दाङ असार ७ पाण्डवेश्वर महादेव मन्दिर धारापानीले यही श्रावण १ देखि ३२ गतेसम्म संचालन हुने शिव महापुुराण संत्सग धार्मिक महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती बढ्ने बढ्दै गईरहेको छ । सनातन हिन्दुु धर्मको प्रचारप्रसार तथा मन्दिर परिसरभित्र विभिन्न देवीदेवताका संरचना निर्माणको उद्देश्य राखेर संचालनमा ल्याएको महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती र दानदिव्य बढ्दै गइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश कुमार अधिकारीले बताउनुुभयो । महायज्ञको सातौं दिन सोमबार मात्रै करिव पन्द्र सय भक्तजनहरुको उपस्थिती रहेको थियो ।

महाआरती संकल्प गरेको महाआरती मुल आयोजक समितिले जनाएको छ ।
त्यस्तै महायज्ञ तथा महाआरतीमा संचालनका लागि सहयोगदाताहरुको सहयोग पनि दिन प्रती दिन बढ्दै गइरहेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

महायज्ञका लागि आवश्यक पर्ने खाद्यान्न तथा अन्य सरसामानहरुको दानदिव्य पनि मन्दिरमा बढ्दै गइरहेको महायज्ञ मुल आयोजक समितिका संयोजक अधिकारीले जानकारी दिनुुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *