July 12, 2026

हाम्रो तुल्सीपुर समाचारदाता: दंगीशरण गाउँपालिका वडा नं.२ सातटाकुरामा रहेको पाथिभरा सामुदायिक वनमा वृक्षाराेपन कार्यक्रम सम्पन्न भएको छ । वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत हाम्राे राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे आयाेजना एवम् दंगीशरण गाउँपालिका हेकुली दाङ, दंगीशरण सव डिभिजन वन कार्यालय, ग्रिन फाउन्डेसन नेपाल, हरियाली मञ्च नेपाल र पाथिभरा सामुदायिक वन उपभोक्ता समुहकाे सहकार्यमा बाँस, जामुनाे, खयर, बगाईनाे, मसला आदि विरुवाहरु पाथिभरा सामुदायिक वनकाे खाली जमिनमा १.४ हेक्टर क्षेत्रफलमा वन पुनर्स्थापनाका लागि वृक्षारोपण गरिएको हाे ।
हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे अध्यक्ष विष्णु गाैतमकाे अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाकाे निवर्तमान नगर प्रमुख तथा ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेकाेे प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम भएको थियोे । कार्यक्रममा दंगीशरण गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डम्बर खत्री, तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडा अध्यक्ष माेहन पाैडेल, दंगीशरण गाउँपालिका निवर्तमान अध्यक्ष भागिराम चाैधरी, दंगीशरण सव डिभिजन वन कार्यालय प्रमुख श्यामदेव यादव, ग्रिन फाउन्डेसन दाङका अध्यक्ष विष्णु बहादुर केसी, हरियाली मञ्च नेपालका अध्यक्ष सुरेश कुमार रावत, पाथिभरा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष उदय कुमार परियार, सहकारीका पदाधिकारी तथा सदस्यहरु र सामुदायिक वन उपभोक्ताहरुकाे उपस्थिति रहेकाे थियोे ।
वन तथा कृषि सहज कार्यक्रम(FFF), संयुक्त राष्टसंघिय खाद्य तथा कृषि संगठन (FAO Nepal), वन वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, प्रकृति संरक्षण संघ नेपालकाे (IUCN) सहयोगमा संचालित जलवायु अनुकूलित भू-परिधि र सुधारिएको जीविकोपार्जन कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिका वडा नं.२ कलमखाेला, दाङमा रहेको हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थानीय सरकार, सव डिभिजन वन कार्यालय र विभिन्न संघसंस्थाहरुकाे सहकार्यमा तिलकन्या सामुदायिक वनमा ४.८० हेक्टर, महालक्ष्मी सामुदायिक वनमा १.७ हेक्टर र पाथीभरा सामुदायिक वनमा १.४ हेक्टरमा कुल ७,५४५ विरुवाहरु राेपिएकाे आयाेजक संस्थाले जानकारी दिएकाे छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *