July 10, 2026

तुलसीपुर, ४ श्रावन ।  दाङको तुलसीपुरमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–६ निवासी ४५ वर्षीया हिमा कुमारी महतरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर–६ स्याउली बजारदेखी तुलसीपुरतर्फ आउदै गरेका रा ७ प ७८२ नम्बरको मोटरसाइकलमा पछाडी सवार रहेकी महतरा स्याउली बजार नजिकै आज बिहान मोटरसाइकलबाट आफै खस्नुभएको हो । उहाँलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *