July 10, 2026

दाङ,३ श्रावण राजपुर गाउँपालिका सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–१ कटबेरुवाकी १६ वर्षीया सुस्मिता रोका रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। रोकालाई आफ्नै घरको कोठामा सुतिरहेको समयमा बुधबार बेलुकी दाहिने हातमा सर्पले टोकेको थियो। उनको उपचारका लागि गढवा स्वास्थ्य उपशाखाको सर्पदंश केन्द्रमा उपचारका लागि पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भनेर राति ९ बजेतिर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *