July 10, 2026

बर्दिया, १ श्रावन ।  बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते थारुको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको थियो !

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *