कृष्ण अधिकारी २८ असार । एसईइको नतिजामा मिड वेस्ट प्वाइन्ट एकेडेमी लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । दाङको शान्तिनगर गाउँपालिका- ७ खैरेनिमा रहेको मिड वेस्ट प्वाइन्ट एकाडेमीले लुम्बिनी प्रदेशका सस्थागत विद्यालयहरु अन्तर्गत एसइइ २०८० मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराइ उत्कृष्ट बन्न सफल भएको बिधालयका प्रधानाध्यापक वीर बहादुर घर्तिले जानकारी दिनुभएको छ । सोही आधारमा बिधालयलाई नेशनल प्याब्सन लुम्बिनी प्रदेशले सम्मानपत्रसहित सम्मान गरेको हो । शिक्षा ,खेलकुद , NCC लगायतमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको बिधालयले एसईइमासमेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको बिधालयले जनाएको छ । बिधालयलाई नयाँ उचाइमा पुर्याउन अहोरात्र मेहनत गर्ने शिक्षक कर्मचारीलगाएत सम्पुर्णमा कृतज्ञता व्यक्त गर्नुका साथै आगामी दिनमा यसैगरी निरन्तर साथ र सहयोगको अपेक्षा गरेको बिधालयले जनाएको छ ।

