July 10, 2026


तुलसीपुर,२७ असार ।
बिग एजुकेशन काठमान्डाैकाे पाँचौ शाखा तुलसीपुरमा सञ्चालनमा आएकाे छ । अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम बढेपनि सहि सल्लाह र जानकारी नपाउदा विभिन्न समस्या खेप्ने गरेकाे भन्दै यस्ता समस्याहरूकाे समाधानका लागि दाङकाे तुलसीपुरमा शाखा विस्तार गरेकाे बिग एजुकेशन काठमान्डाैका सिईओ सुरज केसीले बताउनुभयाे ।
विद्यार्थी भर्ना मात्र नभई भनेकाे ठाउँमा पुर्याउने भएकाेले हजारौं विद्यार्थीकाे मन जित्न सफल भएकाे केसीले बताउनुभयाे । काठमान्डाैकाे बानेश्वरमा मुख्य कार्यालय रहेकाे संस्थाले पाेखरा,कञ्चनपुर, नुवाकाेट,दाङमा शाखा विस्तार गरेकाे हाे । विद्यार्थीकाे अवस्था अध्ययन गरेर उपयुक्त देशमा अध्ययनका लागि पठाउने गरिएकाले विद्यार्थीकाे आकर्षण बढेकाे सिईओ केसीले बताउनुभयाे
शाखा मार्फत जापान,काेरीया,अमेरीका,बेलायत,न्युजिल्यान्ड,
अष्ट्रेलिया तथा युराेपका विभिन्न देशमा अध्ययनका लागि जान सकिने शाखा प्रमुख निशा पाैडेलले बताउनुभयाे।उहाँका अनुसार छात्रवृत्तिमा समेत विद्यार्थीलाई अध्ययनका लागि पठाउने गरिएकाे छ।
तर विदेशमा अध्ययन गरेर नेपालमै फर्किने वातावरण निर्माणका लागि बिग एजुकेशनको भूमिका प्रमुख हुने उहाँले बताउनुभयो ।
यसैबिच शाखाको बिहिबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी र तुलसीपुर उपमहानगरपालिका-६ का अध्यक्ष वर्षात भण्डारीले शाखाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो।
पुर्ण रूपमा जानकारी नभई वाह्य मुलुकमा अध्ययनका लागि जाँदा विद्यार्थीले धेरै दुःख पाएकाे जनगुनासाे आउने गरेकाले जानू अघि पाउने सल्लाह सुझावलाई सत्यतथ्य रूपमा प्रबाह गर्नुपर्ने वडा अध्यक्ष भण्डारीले बताउनुभयाे। यस्तै वडाभित्र शैक्षिक व्यवसाय सुरू गरेकाेमा खुशी व्यक्त गर्नुभयाे ।
शाखाको उद्घाटन गर्दै प्रमुख अतिथि केसीले नेपाली विद्यार्थी अध्ययनशिल र अनुशासित हुने बताउनुभयो । उहाँले
अहिलेकाे युग विश्व भाषाकाे युग रहेकाले केही कन्सलटेन्सीले सहि कुरा सिकाउन नसक्दा समस्या आम विद्यार्थीले समस्या भाेग्नुपरेकाे भन्दै विश्वसनीय कनसलटेन्सीका रूपमा रहेकाे बिग एजुकेशनकाे दाङकाे यात्रा सुखद रहने अपेक्षा गर्नुभयाे ।
एजुकेशन तुलसीपुरका प्रबन्ध निर्देशक ललित पान्डेकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण शाखा प्रमुख निशा पाैडेलले गर्नुभएकाे थियाे।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *