September 8, 2026

दाङ, भदौ १६ । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ज्ञान ज्योति फाउन्डेसन दाङले १५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

फाउन्डेसनअन्तर्गत दाङ जिल्लामा सञ्चालित विभिन्न विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरू र संस्थाको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र जिसीका अनुसार बाढीपहिरोका कारण प्रभावित भएका नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले शिक्षक, कर्मचारीहरू तथा संस्थाको सहभागितामा उक्त रकम संकलन गरी कोषमा हस्तान्तरण गरिएको हो ।

फाउन्डेसनले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा विपद्, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आर्थिक तथा अन्य सहयोग गर्दै आएको जनाएको छ । बाढीपहिरोजस्ता प्राकृतिक विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको भन्दै फाउन्डेसनले आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *