July 9, 2026

कृष्ण अधिकारी फागुन ९ दाङ

दाङ, दङ्गीशरण गाउँपालिका फागुन ७ गते दङ्गीशरण गाउँपालिकामा पार्किङमा राखिएको रा १ ह ३८९९ नम्बरको अटोमाथि तोडफोड गरिएको घटनाले स्थानीय क्षेत्र तनावग्रस्त बनेको छ।
स्थानीयका अनुसार, अटोमा नेपाली कांग्रेसको ब्यानर राखिएको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले आक्रोशपूर्ण व्यवहार गर्दै सवारी साधनमा क्षति पुर्‍याएका हुन्। तोडफोडका क्रममा अटोको अगाडिको भाग, सिसा तथा बाहिरी संरचनामा क्षति पुगेको बताइएको छ।

अटो चालक श्रृङ्खल पौडेलले “ब्यानर राखिएको निहुँमा सिधै अटोमाथि आक्रमण गरिएको हो, तर घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म कुनै जिम्मेवारी लिएको छैन, भन्दै आपत्ति जनाउनुभएको छ।

उहाँले शान्तिपूर्ण वातावरणमा यस प्रकारको गतिविधिले स्थानीयवासीमा त्रास सिर्जना गरेको बताउनुभयो।
घटनापछि स्थानीय बासिन्दाले राजनीतिक असहिष्णुताले उग्र रूप लिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

क्षेत्रको शान्ति सुरक्षा अवस्था सामान्य राख्न थप निगरानी बढाइएको बताइएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *