July 12, 2026

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति(नियोक) दाड॰ जिल्ला सभापतिमा ठाकुर प्रसाद डॅागी पुनः चयन भएका हुन्।
आज सम्पन्न नियोक दाड॰को अधिवेशनबाट नयॅा कार्यसमिति चयन गरिएको हो।जस अनुसार उप-सभापतिमा टेकन प्रसाद कॅडेल,सरस्वती चौधरी र सुजाता के. सीं. (श्रेष्ठ) चयन भएका छन् भने सचिवमा शालिकराम वली, कोषाध्यक्षमा सावित्रा चौधरी र सह-सचिवमा सीता पुन रहेका छन् भने सदस्यहरुमा खुमानन्द अधिकारी, रवि गुप्ता, प्रमिला लम्साल र प्रेम बहादुर खड्कालाई चयन गरिएको हो।

त्यसै गरी चयन गरिएको नयॅा समितिको पहिलो बैठकबाट बिनोद कुमार श्रेष्ठलाई प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ भने कानुनी सल्लाहकारमा अधिवक्ता मोहन प्रसाद धिताल र सल्लाहकारमा धनिराम भन्डारीलाई नियुक्त गरिएको छ।
नियोक दाड॰ले विगतमा सम्पन्न संबिधान सभा निर्वाचन त्यसैगरी प्रतिनिधी सभा, राष्ट्रिय सभा र स्थानिय तहको निर्वाचनमा पर्येवेक्षण गर्दै आएको छ भने यस पटक पनि आसन्न प्रतिनिधी सभा एवम् राष्ट्रिय सभाको निर्वाचनको सक्रिय एवम् निष्पक्ष रुपले पर्यवेक्षण गरिने जानकारी सचिव शालिक राम वलीले गराएका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *