July 12, 2026

Oplus_131072

दाङ, असोज १९ – दाङको घोराही उपमहानगरपालिका–१ चितुवाटारीमा घरेलु विवादका कारण एक पुरुषको हत्या भएको छ। ६४ वर्षीय ढाललबहादुर चौधरीको हत्या उनकी पत्नी ६२ वर्षीया छायादेवी चौधरीले गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार सोमबार राति सामान्य घरझगडाको क्रममा छायादेवीले टर्चलाइट प्रहार गरी श्रीमानको हत्या गरेकी हुन्। वडा अध्यक्ष राममणि पाण्डेले दिएको जानकारी अनुसार दम्पतीबीच प्रायः विवाद हुने गर्थ्यो। “ढालबहादुरले मादक पदार्थ सेवन गर्ने गरेकाले उनीहरूबीच समय–समयमा झगडा हुने गरेको थियो,” पाण्डेले बताए।

प्रहरीले घटनास्थलबाट टर्चलाइट बरामद गरेको छ भने छायादेवी चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङको अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *