September 9, 2026

तुल्सीपुर, असोज १६।
Hamrotulsipur.com मा मिति २०८२ असोज ८ गते विद्युत प्राधिकरणमा सुत्न जानुहोस् होटलमा होइन, दाङमा कर्मचारीको होटल लाइट” शीर्षकमा प्रकाशित समाचारप्रति नेपाल विद्युत प्राधिकरण, तुल्सीपुर वितरण केन्द्र गम्भीर आपत्ति प्रकट गर्दै खण्डन गरेको छ।

प्राधिकरणले समाचारमा अनधिकृत रूपमा कार्यालय प्रमुखको आवासीय परिसरभित्र पसी खिचिएका फोटो तथा भिडियो प्रयोग गरी संस्थालाई ‘होटल’को संज्ञा दिइएको जनाएको छ, जसले कर्मचारी र उपभोक्तामाझ भ्रम फैलाउने कार्य भएको छ।

उक्त आवासीय क्षेत्र कुनै होटल नभई सरकारी कर्मचारीको नियमित निवास हो। यसलाई असान्दर्भिक रूपमा जोडेर प्रस्तुत गर्नु तथ्यहीन, असत्य र पत्रकार आचारसंहिता विपरीत रहेको छ प्राधिकरणले विज्ञप्तिमा उल्लेख गरेको छ।

यस्ता समाचारमार्फत व्यक्तिको गोपनीयता भंग हुनुका साथै कार्यालय प्रमुखको चरित्र हत्या गर्ने प्रयास भएको भन्दै प्राधिकरणले आम नागरिक, उपभोक्ता तथा सरोकारवालालाई भ्रामक सामग्रीप्रति भ्रमित नहुन आग्रह गरेको छ।

प्राधिकरणले सो समाचारमा गरिएको दाबी असत्य रहेको स्पष्ट गर्दै भविष्यमामा सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न सम्बन्धित सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ।

उक्त सामाग्री यस Hamro Tulsipur .com मा हटाइएको जानकारी गराउदै खण्डन छापिएको छ र हाम्रो टिम क्षमाप्रार्थी छ । साथै आगामी दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *