July 13, 2026

घोराही,१८ दाङ  
गुरुकुल एकेडेमी, घोराहीले एक विशेष समारोहका बीच कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीहरूलाई दिक्षित गरेको छ। विद्यालयको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई औपचारिक रूपमा उच्च माध्यमिक तहको जिम्मेवारीबोध गराउँदै दिक्षित गरिएको हो। कार्यक्रम गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–निर्देशक तथा वरिष्ठ नेत्र विशेषज्ञ डा। सुरेश रसाइलीले दिक्षा समारोहको उद्घाटन गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई अनुशासन, समर्पण र कर्तव्यपरायणताको महत्वबारे प्रेरणादायक मन्तव्य दिनुभएको थियो।

डा . रसाइलीले भन्नुभयो शिक्षा केवल किताबी ज्ञानमा सीमित छैन, यो चरित्र निर्माण, सामाजिक उत्तरदायित्व र आत्मविकासको पनि बाटो हो। दिक्षा भनेको त्यसै यात्राको एक महत्वपूर्ण पाइलो हो। उँहाले आगामि उच्च शिक्षाको लागि दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिभिन्न कार्यक्रमहरु संचालन भएको समेत बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यालयका शिक्षकहरू, अभिभावक प्रतिनिधि तथा अन्य अतिथिहरूको समेत उपस्थिति रहेको कार्यक्रममा प्रधानाध्यापक डा. डिसिले दिक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै आफूमा आत्मअनुशासन, नेतृत्व क्षमता र सामाजिक चेतनाको विकास गर्न प्रेरणा दिनुभयो।साथै कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका शिक्षक महाविर घर्ति , प्लस टु संयोजक राजन अधिकारीले मन्तब्य राख्नुभएको थियो भने विद्यार्थि जनक पुनले धन्यबाद मन्तब्य राख्नुभएको थियो ।

गुरुकुल एकेडेमी घोराहीले प्रत्येक वर्ष कक्षा १२ का विद्यार्थीहरूको लागि यस्तो दिक्षा कार्यक्रम आयोजना गर्दै आएको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई शिक्षाको मात्र नभई जीवन मूल्यहरूको पनि बोध गराउने प्रयास गरिन्छ। कार्यक्रम अन्त्यमा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, अभिभावक तथा विद्यार्थीहरूबीच अन्तरक्रिया पनि भएको थियो। शिक्षक अरबिन्द अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक विवेक देबकोटाले गर्नुभएको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *