July 13, 2026

दाङ,१४ घोराही 
शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन भन्ने मान्यता अनुरूप दाङको घोराही उपमहानगरपालिका–१५ मा अवस्थित गुरुकुल एकेडेमीले आफ्ना विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा दिने उद्देश्यले एक अनौठो र सिर्जनात्मक कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयका कक्षा ११का ब्यबस्थापन संकायका विद्यार्थीहरूले घोराही बजारका विभिन्न चोकहरूमा छुट्टाछुट्टै व्यवसाय सञ्चालन गरेर व्यवसायिक सीप र अनुभवको अभ्यास गरेका छन्। कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले खुद्रा व्यापार, फास्ट फुड स्टल, पुस्तक तथा स्टेशनरी पसल, हस्तकला सामग्रीको प्रदर्शनी र विक्रीजस्ता व्यवसाय सञ्चालन गरेका थिए। उनीहरूले आफ्नो व्यवसाय आफैँ सञ्चालन गर्दै ग्राहकसँगको व्यवहार, बजारको माग बुझ्ने तरिका, बिक्री–बितरण व्यवस्थापन र आर्थिक हिसाबकिताब समेत सिकेका छन्। घोराही बजारको बिभिन्न ९ वटा चोकमा ५÷५ जनाको समुहमा ब्यबसाय संचालन गरेका हुन ।

यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा उद्यमशीलताको भावना विकास गर्नुका साथै व्यवहारिक शिक्षामार्फत उनीहरूलाई जीवनोपयोगी सीप प्रदान गर्नु रहेको गुरुकुल एकेडेमी घोराहीका प्लस टु संयोजक राजन अधिकारीले जानकारी दिनुभयो। “सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न पाउनु विद्यार्थीहरूको दीर्घकालीन सफलताको आधार हो। हामीले यस्तै उद्देश्यले उनीहरूलाई बजारमा खटाएका हौं,” संयोजक अधकारीले भन्नुभयो। विद्यार्थीहरू पनि यस अवसरप्रति निकै उत्साहित देखिएका छन। कक्षा ११ का एक विद्यार्थीले भने, “हामीले किताबमा पढेको व्यवसायको परिभाषा व्यवहारमा लागू गर्दा कति कुरा सिक्न सकिन्छ भन्ने महसुस गर्‍यौं। ग्राहकसँग कसरी व्यवहार गर्ने, पैसा हिसाब गर्ने र उत्पादन कसरी आकर्षक बनाउने भन्ने कुरा यो कार्यक्रममा अनुभव गर्न पायौं।”कार्यक्रमप्रति अभिभावक तथा स्थानीय व्यवसायीहरूले पनि खुसी व्यक्त गरेका छन्।

उनीहरूले विद्यार्थीहरूको सीप र आत्मविश्वास देखेर उत्साह व्यक्त गरेका थिए। केही व्यवसायीहरूले विद्यालयले अघि सारेको यस्तो पहल अन्य शिक्षण संस्थाहरूले पनि अनुकरणीय मान्नुपर्ने सुझाव दिएका छन्। यस कार्यक्रमले विद्यार्थीहरूमा केवल उद्यमशीलता मात्र नभई समुहमा काम गर्ने क्षमताको विकास, नेतृत्वदक्षता, समस्या समाधान गर्ने सीप तथा व्यवहारिक सोच प्रवर्द्धनमा सहयोग पुर्‍याउने विद्यालयको विश्वास छ। आगामी वर्षहरूमा कार्यक्रमलाई अझ व्यवस्थित र विस्तारित बनाउने योजना विद्यालयले बनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *