July 13, 2026

Oplus_0

तुलसीपुर, १४ जेठ । दाङको तुलसीपुरमा एक पुरुषको शव फेला परेको छ । आज बुधबार बिहान ७: २० वजे तुलसीपुर–३ सिरखोला एक पुरुषको शब फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शब गलिसकेको अवस्थामा छ । टाउको र खुट्टा गलिसकेको हुँदा छुटीएको अवस्थामा शब फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । शब गलिसकेको अवस्थामा रहेको कति उमेरको समेत यसै भन्न नसकिने अवस्था रहेको डिएसपी ठकुरीले बताउनुभयो ।

उहाँका अनुसार करिब डेढ महिना अघि नै मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलनजिकै बंगुर फर्म छ । बगुंर फममा काम गर्नेले बिहान शबलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट शबलाई उठाएर राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी ठकुरीले बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *