September 9, 2026

साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको २३ औं स्मृति दिवसको अवसरमा मंगलवार साँझ तुलसीपुरमा दिप प्रज्वलन गरिएको छ ।
प्रेस सेन्टर तुलसीपुरले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा पत्रकार, राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले महान शहिद कृष्ण सेन इच्छुुकको योगदानको चर्चा गर्दै दिप प्रज्वलन गरेर स्मरण गरेका थिए ।

दिप प्रज्वलन कार्यक्रममा दिप प्रज्वलन गर्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य धन बहादुर मास्की ले स्व. सेनले नेपाली समाजको रुपान्तरणको आन्दोलनमा पत्रकारीता र साहित्यमार्फत महत्वपूर्ण योगदान दिएर गएको भन्दै उनले देखाएका आर्दशलाई अनुशरण गर्दामात्र सेनको सच्चा स्मरण हुने बताए । उनले स्व. सेनलाई तत्कालिन शासकले गिरफ्तार गरी चरम यातना दिएर पासविक हत्या हत्या गरेको प्रसंग उल्लेख गर्दै उनले नेपाली समाजलाई छोडेर जानुभएको योगदान अनुकरणीय रहेको बताउँदै शहिद सेनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

दिप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङकि वरिष्ठ उपाध्यक्ष नारायणी रजौरे , प्रेस सेन्टर दाङका सचिब दिपक बोहरा लगाएतले मन्तव्य राखेका थिए ।
प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर तुलसीपुरका सह सचिब कृष्ण अधिकारीले गरेका थिए ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *