September 9, 2026

दंगीशरण जेष्ठ १ 

दाङको दंगीशरण गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानहरुलाइ लक्षित गर्दै ५० प्रतिशत अनुदानमा ६३ लाख बराबरका कृषि यन्त्रीकरणका सामाग्री वितरण गरेकोछ ।गाउँपालिकाको आर्थिक बर्ष २०८१/८२ को स्विकृत वार्षिक कार्यक्रम अनुसार नेपाल महिला सेवाकेन्द्रको

आयोजना,दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा  हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा ६३ लाख बरावरको कृषि यन्त्रीकरणका सामाग्री बितरण गरेकोहो । गाउँपालिकाले इभिडिङ मार्फत खरीदगरी कृषि यन्त्रीकरणका सामाग्री वितरण गरीएको गाउँपालिकाले बताएकोछ । 

कृषि यन्त्रीकरणका सामाग्री बितरणगर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले कुनैपनि बस्तु निशुल्क बितरणगर्दा किसानको अपनत्व नहुने हुदा आफुहरुले किसानलाइ केहि सहयोग पुगोस भन्ने उदेस्यकासाथ ५० प्रतिशत अनुदानमा सामाग्री गरीएको बताएकाछन ।पालिकाबाट लगिएका कृषि यन्त्रीकरणका औजारहरुको सहि सदुपयोग नभए त्यस्ता फर्म,समुहरुलाइ कालो सुचिमा राखिने अध्यक्ष गिरीले बताए ।दंगीशरण गाउँपालिका कृषिमा निर्भर गाउँपालिका रहेकाले किसानहरुलाइ रासायनिक मलको बिकल्पमा जैविकमलको उध्योग स्थापनाको लागि सोच अगाडि बढाइएको बताए ।

औजार बितरण अबसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बास्तविक किसानहरुका लागि औजारको सहि सदुपयोग गरिदिन आग्रहगरीन ।औजार बितरणका लागि माग गरीएको निबेदन बिनियोजित बजेट भन्दा धेरै माग गरीएकाले अहिले प्राप्त नगरेका किसानहरुलाइ आउदो आर्थिक बर्षमा प्राथमिकता दिइने उपाध्यक्ष खड्काले बताइन । एस्तै उपाध्यक्ष खड्काले पालिकाले अनुदानमा  दिएका सामाग्रीलाइ सामुहिक रुपमा प्रयोग गर्ने बानिको बिकासगर्न आग्रह गरीन ।

गाउँपालिकाले कृषकहरुलाइ लाभ मिल्नेगरी कृषि औजार बितरण गरेकोमा देवकोटा बहुउदेश्य कृषि फर्मका संचालक शुसिल देवकोटाले खुसि ब्यक्तगरे ।किसानहरुको मागका आधारमा कृषि यन्त्रीकरण सामाग्रीहरु मिनि ट्रेलर ४२ वटा,पावर ट्रेलर ४ वटा,रिपर ४ वटा ,चापकटर १४ वटा,पम्पसेट ६ वटा,बेट्रीवाला स्प्रे ११९ वटा ,२ Hp को पानीभित्र डुबाउने मोटर ५३ वटा,3 Hp को पानिभित्र डुबाउने मोटर ६ वटा,3 Hp को पानी बाहिर डुबाउने मोटर ५ वटा

,2 Hp पानी बाहिर डुबाउने मोटर ११ वटा बितरण गरीएको हो ।

कृषि औजार बितरणमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालि,क्रुषि साखा प्रमुख शरु भुषाल,कृषि अधिकृत मान बहादुर डाङ्गी,श्रीयासा आचार्य,हेफर प्रोजेक्टकी गोमा भट्टराई लगायतको सह्भागिता रहेकोथियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *