July 16, 2026

तुलसीपुर, ४ चैत । दाङको तुलसीपुरमा बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् । घाइते हुनेमा गाडी धनि तुलसीपुर–१० निवासी ६२ बर्षीय झक बहादुर बस्नेत, गाडीमा सवार तुलसीपुर–१८ निवासी २९ बर्षीया सुष्मा नेपाली, तुलसीपुर–६ निवासी ३६ बर्षीया लक्ष्मी गौतम, सोही ठाउँ निवासी ६१ बर्षीया धनसरा केसी, तुलसीपुर–१२ निवासी ४० बर्षीया बुद्धि खत्री, सोही ठाउँकी ३३ बर्षीया रिता नाथ, तुलसीपुर–७ निवासी ४० बर्षीय भुप बहादुर बस्नेत, तुलसीपुर–५ निवासी १९ बर्षीय प्रतिक बुढाथोकी, सोही ठाउँ निवासी १७ बर्षीय डम्बर बुढाथोकी, शान्तिनगर गाउँपालिका–४ की ३५ बर्षीया कल्पना पौडेल, दंगीशरण–४ निवासी २१ बर्षीया लक्ष्मी चौधरी, सल्यानको दार्मा गाउँपालिका–१ का १८ बर्षीया यसोदा वली र मोटरसाइकल चालक तुलसीपुर–१८ का ३६ बर्षीय निम बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर–१७ र १८ नम्बरको सिमानामा पर्ने मनिकापुर-बेल्झुण्डी नजिकै आज बजेको समयमा मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको हो । सोही दिशातर्फ आउदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्ने क्रममा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएर दुर्घटना भएको हो । एक्कासी बसले ब्रेक लगाएपनी मोटरसाइललाई सामान्य ठक्कर दिदा मोटरसाइकल चालक पनी घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्य एकजनाको अवस्था गम्भिर रहेको र अन्य सबैको अवस्था सामान्य रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक तुलसीपुर–१८ बिजौरी निवासी १८ बर्षीय बाबुराम नेपाली सामान्य घाइते भएको र उनी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *