July 16, 2026

Oplus_131072

कृष्ण अधिकारी
तुलसीपुर, २९ फागुन 
दाङको तुल्सीपुर ६ मा रहेको राप्ती विद्यामन्दिरले आज एक कार्यक्रमका बीच १० कक्षाका विद्यार्थीलाई सम्मान तथा विदाई कार्यक्रम गरेको छ।
विगत धेरै वर्ष अगाडिदेखि तुल्सीपुर ६ मा रहेको उक्त विद्यालयले पढ्दै आएका विद्यार्थीहरुलाई ज्ञान र गुणका कुरा सिकाउँदै आएको छ।
यस विद्यालयबाट बिदाई हुँदै गर्दा कक्षा  १० का दीपक विश्वकर्माले आफू जुनसुकै स्कुलमा गएर उच्च शिक्षा हासिल गरे पनि आफूले पढेको यस विद्यालयलाई कहिले पनि नभुल्ने वाचा गरेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य दिँदै विद्यालयका प्रधानाध्यापक हेमसागर सुबेदीले आफ्ना विद्यार्थीहरु गलत बाटोमा लागेको हेर्न नाचाएको र विद्यार्थीहरू सधैं सकारात्मक सोच लिएर विद्यालयमा सिकेको ज्ञानहरु अन्य ठाउँमा जाँदा पनि आत्मसाथ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।


त्यस्तै कार्यक्रममा स्कुलका सहायक प्रधानाध्यापक चुर्ण बहादुर केसी, शिक्षिका शोभा खड्का, लेखापाल लिलाराज न्यौपानेले त्यसैगरी कक्षा नौ का छात्र मक्सद खत्री ले कक्षा दसबाट बिदाइ भएर जाँदै गरेका बिध्यार्थीलाई शुभकामना   व्यक्त गरेका थिए ।
रजन चौधरीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन तुलसा बस्नेत र सृष्टि चौधरीले गरेका थिए।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *