July 15, 2026


बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीकाे तिलाेत्तमामा सुरु भएको दाेस्राे व्यापार महाेत्सवकाे उद्घाटन गर्नु भएको छ । भब्य समाराेहका विच मुख्यमन्त्री आचार्यले महाेत्सवकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा उद्योग तथा व्यापार व्यवसायकाे वातावरण सरकारले बनाउने हुँदा निर्धक्क भएर लगानी गर्न आमन्त्रण गर्नु भयाे । पछिल्लो समय आर्थिक अवस्था सुधार हुन थालेकाे, उद्योग, व्यवसायकाे क्षेत्रमा सकारात्मक प्रभावहरु देखिन थालेकाेमा खुसि व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेकाले ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीहरुमा आमन्त्रण गर्नु भएको हाे ।लुम्बिनी प्रदेशकाे विकास र समृद्धिकाे निम्ति प्रदेशमा उद्योग, व्यवसायकाे विकास हुन जरुरी रहेकाे बताउनु भयाे । राज्यले वातावरण बनाउछ । लगानीकर्ताहरुले निर्धक्क भएर लगानी गर्नुस । लुम्बिनी प्रदेशमा हामी आमन्त्रण गर्दछौं´उहाँले भन्नुभयाे-सरकारले व्यवसायीहरुकाे संरक्षण र सम्बर्द्धन गर्छ । उद्योग, पर्यटन, कृषि, पूर्वाधार विकास हाम्रा प्राथमिकता हुन ।´ एक अर्को प्रशंगमा मुख्यमन्त्री आचार्यले आफुले थालेका काम प्रति दृढ विश्वास नहुदा समाजमा केही विचलन देखिएकाे उल्लेख गर्नु भयाे ।अहिले आफुले गरेका कामप्रति विश्वास गर्न नसक्दा विचलन देखियाे´उहाँले भन्नुभयाे-पुर्खाहरुले गरेका व्यवसाय वैज्ञानिक थिए । तर, अहिले ती व्यवसाय छाेड्दै जाँदा समस्याहरु आएका छन । पुर्खाले गरेका व्यवसायलाई निरन्तरता दिन सक्नुपर्छ ।´

तिलाेत्तमा लुम्बिनीकाे मात्रै नभइ देशकै उदाउँदो र नमुना शहरकाे रुपमा परिचित हुनु गाैरवकाे बिषय भएको उहाँकाे भनाइ छ । तिलाेत्तमा व्यापार संघका अध्यक्ष नेेत्रप्रसाद न्याैपानेकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा महाेत्सवकाे उद्घाटन गरिएको थियाे । महाेत्सवमा विभिन्न क्षेत्रका तीन सय स्टल रहेका छन ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *