July 15, 2026

तुलसीपुर, ३ मंसिर ।  दाङको तुलसीपुरमा बसमा चढ्ने क्रममा लडेर एकजना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर–७ का अन्दाजी ३५ बर्षीय माधव नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट काठमाडौंका लागी छुटेको ना ६ ख ७४२९ नम्बरको बसमा घोराही–तुलसीपुर सडकखण्ड अन्र्तगत तुलसीपुर–६ घोराही रोडमा चढ्ने क्रममा आज साँझ ५ बजेको समयमा नेपाली बसबाट लडेका हुन् । बसबाट लडेर घाइते भएका नेपालीको राप्ती पादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बससहित चालक तुलसीपुर–१२ का ३८ बषीृय सुरज भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *