July 14, 2026

असोज २८

रोल्पाको त्रिवेणी गाउँपालिकामा सर्वदलीय बैठक बसेको छ। त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगी को अध्यक्षतामा तथा निवर्तमान गाउँपालिका अध्यक्ष शान्तकुमार ओली र विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, दुवै क्लबका अध्यक्ष तथा पदाधिकारीहरू लगायतको उपस्थितमा सर्वदलीय बैठक बसेको छ ।

सर्वदलीय बैठकबाट दुवै क्लबलाई मिलेर एकै ठाउँमा महोत्सव लगाउनु सुझाव दिएका छन्। सबैले आ-आफ्नो सल्लाह सुझाव सहित विनम्रतापूर्वक अनुरोध गरेका छन्। त्रिवेणीले राम्रो म्यासेज दिने हो भने दुवै पक्ष मिलेर जान सुझाव दिएका छन्। केही समय अगाडि सहमति भएको सुन्दा सबै दलीय खुसी रहेको समेत बताएका छन्। एउटा ठाउँमा नभएर दुईवटा महोत्सव लगाउँदा राम्रो म्यासेज नजाने प्रतिक्रिया दिएका छन्।

विगत एक वर्ष पहिलेबाट तयारी हुँदै आएको त्रिवेणी स्पोटर्स क्लबका कार्यक्रम संयोजक दुर्योधन राणाले बताएका छन्। महोत्सवको आयोजना गर्नुभन्दा पहिले सर्वदलीय बैठक बसालेर महोत्सवको आयोजनाकाे बारे प्रस्ताव राखेको बताएका छन्। महोत्सव रोक्न नसकिने पनि त्रिवेणी स्पोटर्स क्लबका कार्यक्रम संयोजक दुर्योधन राणाले बताएका छन्। तर निवेदन दर्ता गरेको प्रमुख प्रशासकीयले हस्ताक्षर गरेको पत्र उपलब्ध गराउँदै उपाध्यक्ष र अध्यक्ष नभएर मात्र दर्ता पहिले गर्न नसकेको सयपत्री सदाबहार युवा क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन कुमार ओलीले बताएका छन्। गाउँपालिकाले दुवैलाई अनुमति दिनु नै गाउँपालिकाको निर्णय गलत भएको बताएका छन्। गाउँपालिकाले खर्च बेहोरे आफूले छोडिदिने प्रतिक्रिया समेत सयपत्री सदाबहार युवा क्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन कुमार ओलीले दिएका छन्। दुवै क्लबले स्थान छनोट मा विवद आएपछि आआफ्नो ठाउँमा महोत्सव सञ्चालन हुने भएको छ। आज बसेको सर्वदलीय बैठकबाट कुनै पनि सहमति जुट्न सकेन , सहमति जुट्न नसकेपछि सर्वदलीय बैठकले यस्तो निर्णय लिएको हो।

सर्वदलीय दलले व्यापक छलफल गर्दा त्रिवेणी गाउँपालिका भित्र सदाबहार युवा क्लब त्रिवेणी गाउँपालिका ३ र त्रिवेणी स्पोर्ट क्लब त्रिवेणी गाउँपालिका ५ ले त्रिवेणी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८१ सञ्चालन गर्ने सम्बन्धमा सम्पूर्ण दलहरूको ध्यान आकर्षण भएको वताएका छन्। दुवै पक्षलाई शौहार्डपूर्ण वातावरणमा महोत्सव सञ्चालन गर्ने यदि महोत्सवबाट कुनै पनि हुनसक्ने क्षति सम्बन्धित ठाउँको आयोजकले व्यहोर्ने गरी सर्वसहमतले निर्णय पारित गरेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *