Extreme Close-Up on Victim's Bloody Hand. Still Dead Body Under a Cover and Next to Numbered Markers. Spilled Blood on the Floor Suggests a Violent and Shocking Crime of Passion in Urban City
चितवन, २८ असोज । भाउजू हत्या गरेको अभियोगमा ज्वाइँ नन्दको श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ वर्षीय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । रानाभाटले भाउजूको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार असोज १९ गतेदेखि घरबाट हराइरहेकी विष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो । घटना शङ्कास्पद भएपछि अनुसन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेको उहाँले जानकारी दिए । टीकारामलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको थियो ।
प्रहरीले घटनामा प्रयोग भएको खुर्पा एक थान, मृतकको सुनको गहना ठुलो रिङ दुई थान, सानो रिङ पाँच थान, हत्याको समयमा प्रयोग गरिएका कपडाहरू बरामद गरेको छ । रिजालका अनुसार टीकारामलाई चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसन्धान सुरु गरेको छ ।
