July 14, 2026

असोज २४

दाङ

पतञ्जलि याेग समिति परिवार द्वारा दाङमा राहात सहयाेग हस्तान्तरण गरिएको छ। पतञ्जलि याेग समिति दंगिशरणकाे आहवानमा विभिन्न साधना केन्द्रवाट गत मंगलवार (२०८१/०६/२२) गतेका दिन बबई नदिमा डुवेर मृत्यु भयका दंगिशरण गाउँपालिका १ वाँकि वेटारपुर निवासि स्वर्गवासि वालक पुष्कर खड्का काे आमा शिवपुरि याेग साधना केन्द्रकि सदस्य श्री सुसिला खड्कालाई २७०० वरावरकाे जिन्सि सामान तथा नगद रु. ३०,९८५ एक अनाैपचारिक शाेक सभाकाे आयाेजना गरि हो के हस्तान्तरण गरिएको छ ।

उक्त शाेक सभामा युवा नेपाल समिति दाङ का सह प्रभारि तथा दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, १ नं वडा अध्यक्ष रमेश भण्डारी , पयाेस लुम्बिनि प्रदेश साेसल मिडिया प्रभारी डा. अरुण कुमार श्रेष्ठ , पयाेस दाङ जिल्ला सह प्रभारि विनाेद चाैधरि, महिला सह प्रभारि समीक्षा रिजाल , याेग खेल्कुद उपाध्यक्ष सुमन गिरी, कमल पाेखरि याेग साधना केन्द्र रजाैरा का याेग शिक्षक तथा हिमाल एकेडेमि प्रन्सिपल मधुसुदन के.सी. ,याेग शिक्षक बामदेव विष्ट, राेहिन शर्मा पयाेस दंगिशरण प्रभारि दिपक कुमार विष्ट, पतञ्जलि याेग साेसल मिडिया दंगिशरण ,शान्तिनगर, बबई दाङ प्रभारी तथा युवा नेपाल समिति सदस्य याम बहादुर खत्री , तथा शिव शक्ति साधना केन्द्र र शिवपुरि याेग साधना केन्द्रका पदाधिकारि, लगायतकाे उपस्थिति रहेकाे थियो।

उक्त साेकसभामा सवै जनाकाे तर्फबाट मृतककाे परिवार जनमा समवेदना प्रकट गर्नुकाे साथै दिवंगत आत्माकाे चिरशान्तिकाेे कामना गरिएकाे थियाे भने कमलपाेखरि याेग साधाना केन्द्रका याेग प्रशिक्षक तथा हिमाल एकाडेमिका प्रिन्सिपल श्रि मधुसुधन के.सी. ले जेठाे छाेरा गुमाउनु भयकि सुसिला खड्का काे कान्छाे छाेरालाई एदि अभिभावकले मानेमा र विद्यालय सम्म पठाउने वन्दाेबस्ताे मिलायमा आफ्नाे विद्यालय हिमाल एकाडेमिकाे तर्फवाट कक्षा १२ सम्म निसुल्क पढाईदिने वन्दाेवस्ताे मिलाईदिने प्रतिवद्धता समेत गर्नुभयकाे थियाे ।

पतञ्जलि याेग समिति परिवार ले दिवंगत आत्माकाे चिरशान्तिकाे कामना तथा साेकसन्तप्त परिवारजनमा गहिराे समवेदना प्रकट गर्दै सहयाेगि सम्पुर्णमा धन्यवाद समेत दियका थिए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *