July 14, 2026

असोज २३

पुर्ण बोहरा

दाङको शान्तिनगर गाउँपालिका ६ कोरबाङमा नेपालीहरूको महान चाड विजयादशमी र तिहारको पूर्वसन्ध्यामा सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ।

टोल समितिका अध्यक्ष इन्द्रबहादुर रेउलेको नेतृत्वमा भएको उक्त सरसफाई तथा जनचेतनामूलक कार्यक्रममा मानिसको जीवनमा सरसफाईको महत्वबारे टोलबासीलाई जानकारी दिइएको थियो।
विशेषगरी प्लास्टिकजन्य फोहोर चिजले वातावरण र जनस्वास्थ्यमा पारेको असरबारे टोलका अध्यक्ष इन्द्रबहादुर रेउलेले टोलबासीलाई प्रष्ट पार्दै आगामी दिनहरूमा प्रत्येक घरका सदस्यहरुले फोहोर सही तरिकाले व्यवस्थापन गर्नुपर्ने कुरामा सचेत गराउनुभएको थियो।

टोलका सचिव बलिराम चौधरीले गाउँटोलमा भएका सम्पत्ति सबैको साझा सम्पत्ति भएको र त्यसको संरक्षण सबै टोलबासीको दायित्व भएको कुरा स्पष्ट पारेका थिए। टोल समितिका सदस्य हेमा धिताल र लक्ष्मी चौधरीले महिलाहरूलाई घरको चुलो चौकोमा मात्र सिमित नभएर गाउँटोल र समाजको विकासका कार्यक्रमहरूमा अग्रसर हुन सबै महिला दिदीबहिनीहरू लाई हौसला दिएका थिए।

जनप्रतिनिधि सदस्य ज्ञानु चौधरीले सबै टोल बासीहरूलाई २०८१ सालको दशैं तिहारको शुभकामना दिँदै चाडपर्वमा व्व्यापक सामाजिक विकृति र विसङ्गतिहरूलाई गाउँ समाजबाट हटाउन सबै गाउँले र विशेषगरी युवा र महिलाहरूको अहम भूमिका रहेको कुरामा जोड दिएका थिए। करिब १७५ टोलबासीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा गाउँमा रहेका दुईवटा वाताहरूको सरसफाई समेत गरिएको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *