July 14, 2026

असोज १९ रोल्पा रोल्पाली सेवा समाज काे छैटौं साधारण सभा दाङमा समापन भएको छ। कार्यक्रम घोराही १५ स्थित दोको होटेलमा सम्पन्न भएको छ । रोल्पाली सेवा समाज रोल्पाका अध्यक्ष दिलाराम वली काे सभा-अध्यक्ष मा कार्यक्रम सुरू भएको थियो। संविधान सभा सदस्य तथा पुर्व सिचाइ मन्त्री नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन काे प्रमुख अतिथि रहेको थियो। विशिष्ट अतिथिमा रोल्पाकाे त्रिवेणी गाउँपालिका का अध्यक्ष कर्ण बहादुर बाँठा र दाङ शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत काे विशिष्ट अतिथि रहेको थियो। बिभिन्न राजनीतिक दलका प्रतिनधिहरु, संघ-सस्थाका प्रतिनिधिहरू, पत्रकार, रोल्पाली सेवा समाजका सदस्यहरु लगायत सम्पुर्ण काे उपस्थिति रहेको थियो।

कर्यक्रममा सहयाेग हस्तान्तरण पनी गरीएको थियो। बस दुर्घटनामा परी घाइते भई हाल सम्म उपचाररत जितेश बाठा लाई जापान शाखाका वरिष्ठ उपाध्यक्ष ओम प्रसाद पुनको नेतृत्वमा संकलन रकम रू, ७,००० सहयाेग हस्तान्तरण गरिएको छ। रोल्पाली सेवा समाजले आजिवन सदस्यहरुलाई प्रमाण पत्र बितरण गरेको थियो । कार्यक्रममा महिला समुहले नृत्य प्रस्तुती गरेका थिए।

रोल्पाली सेवा समाज का केन्द्रीय अध्यक्ष डिलाराम ओलीले सस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गर्नभएको थियो । आर्थीक प्रतिवेदन रोल्पाली सेवा समाजको केन्द्रीय कोषाध्यक्ष निशान वलि ले गर्नुभएको थियो।


रोल्पाली सेवा समाजका केन्द्रीय उपाध्यक्ष लाल कुमारी रोका मगर काे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम , कार्यक्रमकाे सहजिकरण रोल्पाली सेवा समाज का केन्द्रीय अध्यक्ष डिलाराम ओलीले गर्नुभएकाे थियो।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *