July 14, 2026

असोज १८ जुगार नेर्पा बजारबाट नेपालगन्जसम्म सिधा बस सेवा सुरु भएको छ । जुगार देखि नेपालगन्ज सम्म पहिलो पटक सिधा बस सेवा सुरु भएको हो ।

रोल्पा जलजला यातायात प्रा.लि.को बिशेष पहल र त्रिसिद्धेश्वरी यातायात प्रा.लि. र बागेश्वरी यातायात प्रा.लि.को सहकार्यमा बुकिङ काउन्टर जुगारदेखि शुक्रबार विधिवत रुपमा उद्धघाटन गरिएको छ ।

सो प्रालिले अब सिधै जुगार , निगालपानि, कपुरकोट, तुल्सिपुुर ,अमिलिया, कोहलपुर हुँदै नेपालगञ्ज सम्म बस सेवा सुरु गरिएको जनाईएको छ ।
विगतका दिनहरुमा जुगारमा यातायात सेवा पुगे पनि सिधै जुगार-नेपालगन्ज सम्म बस चल्न सकेका थिएनन । सिधै जुगार देखि नेपालगन्ज सम्म सवारी नचल्दा यहाका नागरिकहरुलाई तुल्सिपुरबाट अर्को सवारी चेन्ज गर्नु पर्ने बाध्यता र झनजट थियो । अब सिधै नेपालगन्जसम्म नागरिकले सवारी साधन प्रयोग गर्दा सहज बातावरण हुने काउण्टरले जनाएको छ ।

अन्य सवारी साधनले चर्को भाडा असुल्ने, मनमरी ढंगबाट भाडा लिने गरेको जनाउदै अब त्यस्तो हुन नदिने र बिशेष गरेर बालवालिका, अपांगता र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राखिने रोल्पा जलजला यातायात प्रा.लि.का महासचिव वरमान बुढाले बताउनुभएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *