July 14, 2026

असोज१७ रोल्पाको त्रिवेणी गाउपालिका-४ बुढागाँउ बाट एक हप्तामा ६० लाख बराबरको तरकारी निकासी हुदै आएको छ।
२०७० साल बाट संचालन मा रहेकाे उक्त कृषी हाटबजार अहिले १३ बर्ष पार गरेकाे छ। “जुझारू र परिश्रमी किसानहरु एक जुट होऔँ ” भन्ने मुल नाराकाे साथ सुरू भएको हाे। रानी बजु कृषी सहकारी सं.लि त्रिवेणी-४ सिम्पानी, रोल्पा! द्वारा संचालित रहेकाे बुढागाँउ कृषी हाटबजार मा हप्तामा ६० लाख बराबरको तरकारी निकासी हुदै आएको छ

। तरकारी खरिद गर्न प्रतेक हप्ता उक्त कृषी हाटबजारमा नेपालगन्ज,बुटवल, कपिलवस्तु, धनगढी र घोराही आदी जिल्ला बाट व्यापारीहरू रोल्पा सिम्पानीमा आउँने गरेकाे कृषी हाटबजार केन्द्र का अध्यक्ष दम्मर खड्का ले बताएका छन्। गाउपालिका र वडा-पालिका ले खासै राम्रो निगरानी नगरेको बताएका छन्। रोल्पाको त्रिवेणी गाउपालीका-४ सिम्पानी बाट निगाल्पनी जोड्ने सडकमा पटक-पटक पहिरोको समस्या हुँदा प्रयाप्त रुपमा व्यापारी आउन नसकेको बताएका छन्।

किसानहरुले माल ग्रेडिङ नगरेको कारणले प्राप्त मुल्य पाउन नसकेको उनले बताए। उनको अनुसार ग्रेडिङ नगरेकै कारण व्यापारीले पटक-पटक गुनासो गर्दै आएका छन्। यदि उक्ता कृषी हाटबजार केन्द्रमा कारणबस तरकारी बिक्री नभएमा हाटबजार समितिले व्यापारी सँग सहजीकरण गरेर उक्त तरकारीहरू बिक्री गरिदै आएको पनि अध्यक्ष डम्मर खड्का ले वताए। टमाटर, फुलगोपी, बन्दागोपी, भेडे खुर्सानी, मोटो खुर्सानी, माछे खुर्सानी, मुला ,अकबरे खुर्सानी, घिउ सिमी, लोकल काँक्रो, उन्ननत जातको काँक्रो, धनियाँ नास्पती, साग, मसिनो खुर्सानी , तिता करेला, B.S टमाटर आदी तरकारीहरू उक्त कृषी हाटबजारमा बिक्री हुँदै आएको अध्यक्ष डम्मर खड्काले बताएका छन्

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *