July 14, 2026

पूर्ण बोहरा

असोज १० ,इलाका प्रहरी कार्यालय खितलपुर, दाङको आयोजनामा मिड वेस्ट प्वाइन्ट एकेडेमीमा (समुदाय प्रहरी साझेदारी ‘कार्यक्रम सम्पन्न भएको छ। शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणको मूल उद्देश्य रहेको उक्त सचेतना कार्यक्रममा प्रहरी निरिक्षक खिम बहादुर खड्‌काले नेपालको संविधान- २०७२ मा उल्लेखित बाल अधिकार र कर्तब्यको बारेमा जानकारी गराउनु‌को साथै गाउँ समाजमा व्याप्त बाल शोषण, अन्याय, अत्याचार, घरेलु हिंसा र गाउँ, समाजमा रहेको बाल बालिका बिकास प्रतिकूल वातावरण विरुद्ध कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई सचेत गराउनु भएको थियो । ‘प्रहरी मेरो साथी`।

भनिए झै, बालबालिका र प्रहरी बिच पनि शुमधुर सम्बन्ध रहेमा गाउँ टोल समाज र राष्ट्रमा स्वच्छ र शान्तिपूर्ण वातावरण निर्माण भई बालबालिकाको उज्वल र सुनिश्चित भविष्य निर्माण हुने कुरामा पनि प्रहरी निरिक्षक खिम बहादुर खड्‌काले जोड दिनु भयो। ‘समुदाय – प्रहरी साझेदारी’ कार्यक्रमले विद्यार्थी भाइ बहिनीहरु‌लाई सचेत मात्र नगराई उनिहरुलाई थप अनुशासित बनाई भविष्यमा अझ जिम्मेवार बनि समाज र राष्ट्र निर्माणमा लाग्न प्रेरणा दिने कुरामा सहयोग गर्ने कुरा विद्यालयका प्रधानाध्यापक विर बहादुर घर्तिले बताउनु भयो ।

यि र यस्तै कार्यक्रमहरु ल्याएर बालबालबालिका लगाएत गाउँ समाजमा सचेता फैलाउने कार्यक्रममा अग्रसर भएकोमा नेपाल प्रहरी एवं ईलाका प्रहरी कार्यालय खिलतपुर, दाङ‌लाई विद्यालय व्यवस्थापनका अध्ययक्ष सुवोध कुमार डागीले विशेष धन्यबाद दिनुभयो । उक्त कार्यक्रममा विद्यालयका कक्षा ८, ९, १० का करिब दुई सय विद्यार्थीहरु सहभागी रहेको बिद्यालयकी शिक्षिका आर्ज के.सी ले जानकारी दिनु भयो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *