July 14, 2026

पुर्ण बोहरा

भदौ,२९

राष्ट्रिय वालदिवसको मुलमर्मलाई आत्मसात्गर्दै मिडवेस्ट पोइन्ट एकाडेमीका विद्यार्थीहरु शुकौराकोटको  दरवार हुँदै पाण्डवेश्वरको शिवमन्दिर धारपानीधामसम्म पुगेर परियोजना कार्य सम्पन्न गरेका छन् ।
   पश्चिम दाङको चर्चित बोर्डिङ मिडवेस्ट पोइन्ट एकाडेमीले विभिन्न समयमा विद्यार्थीहरुलाई अवलोकन भ्रमण लगाएत परियोजना कार्यहरु सम्पन्न गराउँदै आएको छ । बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुबोध कुमार डागीले विद्यालयमा अतिरिक्त कृयाकलापका अतिरिक्त हुने र  यस्ता अध्ययन भ्रमण तथा परियोजना कार्यले महत्वपुर्ण प्रभाब पार्ने कुरामा जोडदिनु भयो ।  विद्यार्थीको मानसिक विकासमा महत्वपूर्ण प्रभाव पार्ने भएकोले नेपाली कला, संस्कार, धार्मिक, पौ्रराणिक तथा  प्राचीनतम इतिहासको बारेमा उनीहरुलाई सचेत बनाएर जागरुक बनाउन सकियो भने सहजै समाज रुपान्तरण गर्न सकिने बिध्यालयका प्रीन्सीपल  वीर बहादुर घर्तीले बताउनु भयो ।
  मिडवेस्ट पोइन्ट एकाडेमीका बिध्यार्थिहरुले  दाङको प्रशिद्ध पाण्डवेश्वर शिव मन्दिर धारपानीको अवलोेकन गर्दै त्यहाँको ऐतिहासिक , पौराणिक , साँस्कृतिक, सामाजिक विषयवस्तुको बारेमा त्यहाँका स्थानीय, वुद्धिजिवी तथा मन्दिर व्यवस्थापन समितिसंग समन्वय गरेर  कक्षा ८ , ९ र १० का विद्यार्थीहरुले जानकारी लिएका छन् । सोही अवसरमा पाण्डवेश्वर शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा घोराही उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष विष्णुकुमार आचार्यले परियोजना कार्यमा खटिएका छात्रछात्राहरुलाई मन्दिरको  पौराणिक, धार्मिक तथा साँस्कृतिक महत्वको बारेमा प्रकाश पार्दै त्यहाँको सामाजिक जनजिवन, निर्माणधिन कार्यहरुको बारेमा राज्यपक्ष लगाएत स्थानीय निकाय अगाडि बढिरहेको बताउनुभयो ।
  त्यसैगरी बिध्यार्थिले  दंगीशरण राजाको  शुकौराकोट  दरबारको अवलोकन गर्दै त्यहाँको वस्तुस्थितिको बारेमा पनि विद्यार्थीहरुले चासो र अभिरुचिका साथ स्थलगत विवरण तयार पारेका छन् । सोही अवसरमा  विद्यार्थीहरुले विभिन्न समूह बनाएर त्यहाँको ऐतिहासिक , साँस्कृतिक, सामाजिक विषयवस्तुको बारेमा बुझ्न त्यहाँका स्थानीय, बुद्धिजिवी, बुढापाकाहरुसंग जानकारी लिएका छन् । विद्यालयका शिक्षक पूर्ण बोहराको संयोजकत्वमा सम्पन्न परियोजना कार्यक्रममा साहित्यकार तथा मोटिभेटर डिल्ली बस्नेत ‘संगीत’ ले बालवालिकाको चौतिर्फी विकासमा यस्ता परियोजना कार्यले विशेष महत्व राख्ने भएको हूँदा आगामी दिनहरुमा पनि विद्यालयले यो कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिनुभएको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *